site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
२०१६ को च्याम्पियन लेस्टर रेलिगेशनमा, एभर्टन जोगियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा अन्तिम चरणको खेल बाँकी हुँदा विजेता र शीर्ष चारमा रहेर यूईएफए च्याम्पियन्स लिग खेल्ने टिमको टुंगो लागिसकेको थियो । तर, शीर्ष स्थानमा मध्यम स्थान र रेलिगेशन क्षेत्रमा भने रोमाञ्चक भिडन्त भएको थियो । 

अन्तिम खेल भएका कारण सबै खेल एकै समयमा भएका थिए । अन्तिम खेलमा एभर्टनले बर्नमाउथमाथि १–० को नतिजा निकाल्दा लेस्टर सिटी र लिड्स युनाइटेड भने रेलिगेशनमा परेका छन् । लेस्टरले वेष्ट ह्याममाथि २–१ को नतिजा निकाले पनि रेलिगेशन टार्न सकेन । 

२०१६ को विजेता लेस्टरलाई आफूले जितेर मात्र पुग्दैनथ्यो । एभर्टन पनि पराजित हुनुपथ्र्यो । तर, एभर्टनले जितेपछि लेस्टरको रेलिगेशन हुन बाध्य बन्यो । २०१४ मा प्रिमियर लिगमा उक्लिएको लेस्टरले २०१६ मा अप्रत्यासित रूपमा लिग उपाधि उचालेको थियो । तर, नौ वर्षको बसाईपछि पुनः रेलिगेशनमा परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मध्यान्तरसम्म एभर्टनले गोलरहित बराबरीमा थियो भने लेस्टरले वेष्ट ह्यामविरुद्ध १–० को अग्रता लिएको थियो । त्यसकारण मध्यान्तरसम्म एभर्टन ६९ वर्षपछि रेलिगेशनमा पर्ने सम्भावना बढेको थियो । तर, ५७औं मिनेटमा अब्दुलाए डौकोरले गोल गरेपछि एभर्टन रेलिगेशनबाट जोगियो । 

गुडिसन पार्कमा अन्तिम सिटी बजेपछि एभर्टनका समर्थक मैदानमै उत्रिएर खुसी मनाएका थिए । मैदान निलो पटका र धुवाले रंगिएको थियो । 

Global Ime bank

“बल्ल केही राहत भयो । यो मेरो करिअरकै सबैभन्दा कठिन सिजन रह्यो । मानसिक रूपमा धेरै कठिन थियो,’’ एभर्टनका रक्षक कोनोर कोडीले भने, “स्थिति हाम्रो हातमा थियो । तर, हामीले यसलाई साझा विषयवस्तु बनाउन सकेनौं । हामीले बालुवामा रेखा कोर्नु पर्छ । र, यो क्लबले सुधार गर्नुपर्छ किनभने यो विशाल छ ।’’

अन्तिम दिन पनि रेलिगेशनबाट संघर्ष गरेको लिड्स युनाइटेड भने टोटनहमसँग ४–१ ले पराजित भयो । टोटनहमको जितमा ह्यारी केनले दुई गोल गरे भने पेड्रो पोरो र लुकास मौराले एक÷एक गोल गरे । 

जितपछि एभर्टनले ३६ अंक जोड्यो । रेलिगेशनमा पर्ने लेस्टरको ३४, लिड्सको ३१ र साउथह्याम्पटनको २५ अंक छ । साउथह्याम्पटन यसअघि नै रेलिगेशनमा पर्ने निश्चित थियो । अन्तिम दिन साउथह्याम्पटनले लिभरपुलसँग ४–४ को बराबरी खेल्यो । 

लिभरपुल र ब्राइटनले युरोपा लिग खेल्ने, एष्टन भिल्ला युरोपा कन्फेरेन्समा 

एष्टन भिल्लाले गएराति ब्राइटनलाई २–१ ले हराउँदै अर्को सिजन यूईएफए युरोपा कन्फेरेन्स लिग खेल्ने पक्का भएको छ । एष्टन भिल्लाको जितले टोटनहम भने युरोपियन लिग खेल्नबाट बञ्चित भएको छ । 

एष्टन भिल्लाको जितमा डौगलस लुइसले आठौँ र ओलि वाटकिन्सले २६औँ मिनेटमा गोल गरे । ब्राइटनका डेनिज उन्डभले ३८औँ मिनेटमा गरेका थिए । 

जितसँगै युनाई इमिरेको एष्टन भिल्लाले ६१ अंक जोडेर सातौँ स्थानमा रह्यो । यससँगै एष्टन भिल्लाले युरोपा कन्फेरेन्स लिगमा स्थान पक्का गरेको हो । पराजित भए पनि ब्राइटनले ६२ अंक जोड्दै छैटौँ स्थानमा रहेर युरोपा लिगमा स्थान पक्का गरेको हो । ६० अंक जोडेको टोटनहम भने युरोपियन प्रतियोगिता खेल्नबाट बञ्चित भयो । 

टोटनहमले रेलिगेशन क्षेत्रमा रहेको लिड्स युनाइटेडलाई ४–१ ले हराएको थियो । त्यस्तै लिभरपुलले पाँचौँ स्थानमा रहेर युरोपा लिग पक्का गरेको छ । लिभरपुलले गएराति रेलिगेशनमा परेको साउथह्याम्पटनसँग ४–४ को बराबरी खेलेको थियो । 

लिग विजेता सिटी पराजित 
यसअघि नै लिग उपाधि पक्का गरिसकेको विजेता सिटी भने अन्तिम खेलमा ब्रेन्टफोर्डसँग १–० ले पराजित भयो । घरेलु टोली ब्रेन्टफोर्डको जितमा इथन पिनोकले ८५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । सिटीले ८९ अंकका साथ शीर्ष स्थानमा लिग अन्त्य गर्यो । 

विजयी ब्रेन्टफोर्ड ५९ अंक जोडेर नवौँ स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको आर्सनलले अन्तिम खेलमा उल्भरह्याम्पटनमाथि ५–० को सानदार जितसँगै लिगको अन्त्य गर्यो । पराजित उल्भरह्याम्पटन ४१ अंकका साथ १३औँ स्थानमा रह्यो । 

तेस्रो स्थानमा रहन सफल म्यानचेस्टर युनाइटेडले फुलहमलाई २–१ ले हरायो । युनाइटेडले ७५ अंक जोड्यो । ७१ अंकका साथ चौथो स्थानमा रहन सफल न्युक्यासल युनाइटेडले चेल्सीसँग १–१ को बराबरी खेल्यो । 

चेल्सी भने ४४ अंकका साथ ११औँ स्थानमा रह्यो । ११औँ स्थानको क्रिष्टल प्यालेस र १६औँ स्थानको नटिङ्घम फरेष्टले १–१ को बराबरी खेले । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC