site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
निम्न चापीय प्रणालीको प्रभाव : देशका केही भागमा वर्षाको सम्भावना
Ghorahi CementGhorahi Cement

काठमाडौं । पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहँदा आज देशका केही भागमा वर्षा हुने भएको छ । केही भू–भागमा बिहानैबाट पानी परिरहेको छ । 

गण्डकी प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया साफा रहेको छ । 
 
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

Dabur nepal
Agni Group

सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी  भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आजराति सुदूरपश्चिम प्रदेशका साथै कर्णाली, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागको भनाइ छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu