site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बायर्नले सीईओ ओलिभर कानलाई हटायो

काठमाडौं । बायर्न म्युनिखले शनिबार राति लगातार ११औँ पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेलगत्तै क्लबका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर कान र बोर्ड सदस्य हसन सालिहामिदजिकलाई पदबाट हटाएको छ । 

शनिबार राति लिगको अन्तिम खेलमा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा मेइन्जसँग २–२ को बराबरी खेलेपछि बायर्नले उपाधि जितेको हो ।

Dabur Nepal
NIC Asia

बायर्नले गएराति कोलनविरुद्ध २–१ को विजय हासिल गरेको थियो । बायर्नले डर्टमण्डलाई गोलअन्तरको आधारमा पछि पारेको हो । दुवै टिमको समान ७१ अंक थियो । 

कानले २०२१ मा कार्ल–हेन्ज रुम्मेनिग्गेको उत्तराधिकारीका रूपमा पदभार सम्हालेका थिए । बायर्नले कानको स्थानमा जान क्रिश्चियन ड्रेसेनलाई सीईओमा नियुक्त गरेको छ । बायर्नले सालिहामिदजिकको स्थानमा भने अहिलेसम्म कसैलाई पनि नियुक्त गरेको छैन । 

“कानसँग अलग्गिनु गाह्रो निर्णय थियो । तर, समग्र विकासको आधारमा हामीले बोर्डमा शीर्ष स्थानको पूर्नसंरचना गर्ने निष्कर्षमा पुग्यौं,” बायर्नले भनेको छ । 

बायर्नले जारी सिजन जर्मन कप र यूईएफए च्याम्पियन्स लिगको अन्तिम–८ बाट बाहिरिएको थियो । यस सिजन बायर्नले मुख्य प्रशिक्षक युलियन नागेल्समनलाई बर्खास्त गरेर थोमस टुचेललाई नियुक्त गरेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro