site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म विश्राम लिँदैनौँ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उनले भ्रष्टहरूलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताए ।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा उनले आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्ध पार्टीको अभियान नरोकिने उल्लेख गरे । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको भन्दै उनले सो कामलाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

“कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौँ । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला, कत्रो सजाय भोग्नुपर्छ होला, मलाई थाहा छैन । तर, मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिह्न नभएर होइन,” उनले भने, “नेपाली जनताले यो भ्रष्टाचारचाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन् । नेता नभएर होइन । पार्टी नभएर होइन । झन्डा नभएर होइन । चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन्, जतिसुकै मुद्दा चल्दै गरून्, भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।”

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेको बताए । सोही कारण संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको उनले स्पष्ट पारे ।

उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro