site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलकुदमा उचित बजेट विनियोजनका लागि पहल गर्छु : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताएका छन् ।

राजधानीमा शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद् प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताए ।

Argakhachi Cement Island Ad

खेलाडीहरूले बजेटका कारण पर्याप्त अभ्यास गर्न नपाएको र पटकपटक बजेटका लागि आग्रह गरिरहनुपर्ने अवस्था रहेको भन्दै बजेटका लागि माग गरेअनुसार उपलब्ध गराउन प्रयास गर्ने मन्त्री लिम्बूको भनाइ थियो । बजेट निकास हुने भन्दै आशावादी हुन मन्त्रीले खेलाडीहरुलाई आग्रह समेत गरे ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार ६ खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई नगदसहित सम्मान गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्