site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
समस्याग्रस्त १२ सहकारीमध्ये दुईवटाले गरे पूर्ण बचत फिर्ता, अब कसरी सञ्चालन हुन्छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले २०७५ सालयता समस्याग्रस्त भनेर घोषणा गरेका १२ सहकारी संस्थामध्ये दुईवटा सहकारीले बचतकर्ताको बचत फिर्ता गरेका छन् ।

गत चैत मसान्तसम्म कुबेर बचत तथा ऋण सहकारी र स्टाण्डर्ड मल्टिपर्पाेज को–अपरेटिभ लिमिटेडले बचतकर्ताले गरेको दाबी बचतफिर्ता गरेका हुन् ।

यी दुई सहकारीले एक करोड ३२ लाख ९२ हजार २९१ रुपैयाँ बचत फिर्ता गरेको कार्यालयले जनाएको छ । जसमा स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले ५७ लाख ६३ हजार ४६७ रुपैयाँ र प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्टले ७५ लाख २८ हजार ८२४ रुपैयाँ फिर्ता गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बचत फिर्ता गरिसकेपछि समस्याग्रस्त सूचीबाट हटाउन बचतकर्ताले सहकारी व्यवस्थापन समितिको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । तर, हालसम्म यी कम्पनीबाट निवेदन नपरेको समितिको कार्यालका सूचना अधिकारी तेजनाथ पोखरेलले बताए ।

“समस्याग्रस्त घोषणा भएका सहकारीले सबै कारोबार मिलन गरेपछि कार्यालय सञ्चालन गर्न पाउने भन्ने कानुन छैन । तर, मिलान भइसकेपछि यस कार्यालयमा आएर बचतकर्ताले समस्याग्रस्त सूचीबाट हटाउन निवेदन दिनुपर्छ,” उनले भने, “अहिलेसम्म उहाँहरुले यहाँ निवेदन दिनु भएको छैन । समस्या त्यही भएर समस्याग्रस्त सूचीबाट हटाइएको छैन ।”

Global Ime bank

सहकारी विभागमा ठगी आरोपसहित निवेदन परेपछि विभागले प्रारम्भिक अनुसन्धान गरी सहकारीले गरिरहेको कारोबारलाई अध्ययन गरेर समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलााई विवरण पठाउने गरेको छ । मन्त्रालयले पनि अध्ययन गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमार्फत् समस्याग्रस्त सहकारीको रूपमा १२ वटालई घोषण गरेको थियो ।

सहकारीको मर्म विपरित बचत संकलन गरी ऋण लगानी गरेको भन्दै सहकारी व्यवस्थापन समितिको कार्यालयले यी दुई सहकारी संस्थासहित स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट कोपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टभेण्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र भेगास बचत तथा सहकारी ऋण सहकारीलाई २०७५ असार १८ गते समस्याग्रस्त भनेर घोषणा गरेको थियो ।

त्यस्तै, सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई २०७५ फागुन १९ गते, लुःनिभा बहुद्देश्यीय सहकारीलाई २०७६ साउन १२ गते र ओरेण्टल को–अपरेटिभलाई २०७९ असोज ७ गते समस्याग्रस्त सूचीमा राखिएको हो ।

समितिको कार्यालयका अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्थाले ५७ लाख ६३ हजार ४६७ साँवा बचत थियो भने दुई करोड ५४ लाख ४५ हजार ६६७ रुपैयाँ ऋण लगानी गरेको थियो । जसमा आठ लाख ५५ हजार रुपैयाँ ऋण असुली भएको बताइएको छ ।

त्यस्तै, वैशाख मसान्तसम्म स्ट्याण्डर्ड मल्टिपर्पाेज को–अपरेटिभ ७५ लाख २८ हजार ८२४ रुपैयाँ साँवा बचतमा थियो भने एक करोड ६ लाख १० हजार ८९१ रुपैयाँ ऋण लगानी गरेको विवरण छ । यो सहकारीले १८ लाख दुई हजार ११ रुपयाँमात्र ऋण असुली गरेको छ ।

अब बाँकी रहेका १० वटा समस्याग्रस्त सहकारीले बचतकर्तालाई अब कुल तीन अर्ब ७९ करोड ६८ लाख २३ हजार रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ । यी सहकारीहरूको लगानी भएको ऋण लगानी फिर्ता नआउँदा पनि समय सीमा पुरा भएका बचतकर्ताको बचत फिर्ता नगरको देखिन्छ ।

वैशाख अन्तिम सातासम्म चार अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी भएकोमा ६ करोड १३ लाख मात्र असुली भएको समितिको कार्यालयले जानकारी दिएको छ । ऋण लगानीको तुलनामा ६.७ प्रतिशत मात्र असुल भएको हो ।

तर, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ऋण लगानी र असुल रकम समावेश गरिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC