site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महालेखाको प्रतिवेदनमै उठेको थियो पशुपतिको जलहरीबाट सुन हराएको विषय
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयले विवाद भएसँगै बैठक अवरोध भएको छ । 

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको ठाउँमा पित्तल राखेको आरोप लगाएका थिए । आरोप लगाएको दिन नेकपा (एमाले)का सांसद्हरुले नियमापत्ति भने गरेका थिएनन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको जवाफ दिने कार्यक्रम थियो । शुक्रबार नै प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पास गर्ने सूची थियो ।

Dabur Nepal
NIC Asia

प्रतिनिधिसभाको बैठक समयमा सुरु भएन भने एमाले सांसद्को विरोधको कारण स्थगित समेत भएको छ ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने काम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएको थियो । त्यो बेला नै यो विषयमा विवाद भएको थियो ।

महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको एकिन विवरण नआएको विषय उल्लेख छ ।

No description available.

पशुपति मन्दिरको शिवलिंगको गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरेर १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसमा शुद्ध तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंग १२.७५ ग्राम प्रयोगसहित १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ ।

“निर्मित जलहरी, जलधारा, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८८२२ ग्राम रहेको बाँकी सुन १० किलो ९७६ ग्राम रिंग बनाएर जलहरीमा प्रयोग गरेको उल्लेख छ । रिंग बनाउनको लागि सात करोड ८६ लाख ४६ हजार रहेको छ ।

जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिंग बनाउने काममा पुष्टि हुने विवरण पेस भएको छैन,” महालेखाको प्रतिवेदनमा भनिएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी राख्ने काम गरेकी थिइन् । जलहरी निर्माणको लागि नेपाली सेना खटिएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro