site stats
अर्थ व्यवसाय
महासंघका अध्यक्ष र संयुक्त राष्ट्र संघ आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।

Himalayan Bank
Agni Group

साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको थियो ।

उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।  

Global bank

महासंघको नयाँ नेतृत्वले अगाडि सारेका पाँच प्रमुख प्राथमिकताहरू, आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण वनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीको सम्मानबारे अध्यक्ष ढकालले जानकारी गराएका थिए ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताइन् । आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताए । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताइन् । सो अवसरमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले दीगो विकासका लक्ष्यहरू र आर्थिक स्तरोन्नतिमा महासंघकातर्फबाट अहिलेसम्म भएका प्रयासका सम्बन्धमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय