
काठमाडौं । सामसङको फ्ल्यागशिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स सम्पन्न भएको छ ।
प्रोग्रामअन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् ।
शिक्षामन्त्री प्रमिला कुमारीले विद्यार्थीहरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा सामसङको दक्षिण–पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख सुंगजुन पार्क, र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधरराम जोशीको उपस्थिति थियो ।
“विद्यार्थीहरूको सहभागिता र विश्वविद्यालयबाट ठूलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौँ । हाम्रो उद्देश्य सधैँ सक्षम नेपाली युवाहरूलाई भविष्यको लागि राम्रोसँग अनुकूल बनाउनु र नेपालको बढ्दो अर्थतन्त्रमा विशेष गरी आविष्कार र प्रविधिको सन्दर्भमा योगदान पु¥याउने रहेको छ ।” सामसङ दक्षिण–पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भने ।
सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो ।

यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना गरेको थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पु¥याउने छ ।
कोर्सहरूका लागि छनोट हुनको लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वसर्तहरू रहेका छन् ।
कोर्सको एक भागको रूपमा, युवाहरूलाई वास्तविक रोजगारीको सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ जसले उनीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउनेछ ।
“नेपालमा यो प्रतिष्ठित कोर्स सञ्चालन गर्न पाउँदा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ उत्साहित छ । यो हाम्रा विद्यार्थीहरूको विकास र उत्थानको लागि सहायक हुनेछ । हामीले कोडिङ र प्रोग्रामिङ कोर्स पूरा ग¥यौँ जसको लागि हामी निक्कै आभारी छौँ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,” त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने ।
प्राविधिक प्रशिक्षणको साथसाथै, यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरुलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ । यसले समस्या समाधान गर्ने क्षमताहरूलाई पनि निखार्छ । जसले विद्यार्थीहरूलाई नवीन विचारकर्ता बन्न सक्षम बनाउँछ ।
इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित कोर्सहरूको एक भागको रूपमा विद्यार्थीहरूले प्राक्टिकल प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नु पर्नेछन् । यसमा विद्यार्थीहरूलाई सामाजिक महत्वका प्रोजेक्टहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ, प्रोग्रामिङ र आईओटीले भूमिका रहनेछ ।
सामसङ इनोभेसन क्याम्पस, जुन सामसङको “टूगेदर फर टुमोरो” को ग्लोबल सीएसआर भिजनको हिस्सा हो, २०१९ मा सुरु भएको थियो । मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ, उनीहरूलाई अर्को पुस्ताको कार्यबल बन्नका लागि तयार बनाउँछ ।
सामसङ आफ्नो सीएसआर पहलमार्फत समुदायहरूलाई सकारात्मक रूपान्तरण गर्न र मानिसहरूको लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्दछ । शिक्षा मार्फत युवाहरूलाई सशक्तिकरण गर्नु भनेको हामीले हाम्रा युवाहरूलाई साहसी भई भविष्यको सामना गर्न तयार गर्ने उत्तम तरिकाको एक माध्यम सिकाउनु हो ।