site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन चरणमा गरी सरकारले नै बनाउनसक्छ दुवाकोटमा ‘विस्तारित वीर अस्पताल’ : उपकुलपति डा. बस्नेत

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का नवनियुक्त उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतको पहिलो प्राथमिकतामा छ दुवाकोटमा विस्तारित वीर अस्पतालको काम अघि बढाउने ।

अर्थिक वर्ष २०७३/०७४ को बजेटले ल्याएको विस्तारित वीर अस्पतालको गुरुयोजना ६ वर्ष बितिसक्दा पनि पुरा भएको छैन ।

दुवाकोटमा एक वर्षअघिदेखि क्लिनिक सञ्चालन गरी ल्याब र एक्सरे सेवा सुरु गरिएपनि गुरुयोजनाअनुसार भवन तथा आवास क्षेत्र निर्माणको काम अघि बढ्न सकेको छैन ।

५७४ रोपनी जग्गामा गर्न लागिएको अस्पताल विस्तार योजनाका लागि ३० अर्ब रुपैयाँ लगानी अनुमान गरिएपनि त्यसको स्रोत सुनिश्चित नहुँदा परियोजनाले गति लिन सकेको छैन । दातृ निकायहरूको भर पर्दा गुरुयोजना वर्षेनी धकेलिँदै आएको डा. बस्नेत बताउँछन् ।

यही जेठ ३ गते न्याम्सको उपकुलपति नियुक्त भएसँगै दुवाकोट गुरुयोजनालाई आफूले पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् । “नेपाल सरकारले नै विभिन्न चरणमा गरी सुपरस्पेश्यालिटी अस्पताल बनाउनसक्छ, त्यसका लागि समय बढी लाग्ला तर अब काम रोक्नु हुँदैन,” डा. बस्नेत भन्छन् ।

त्यसका लागि तीन चरणमा गरी काम गर्नुपर्ने उनको उपाय छ । “प्रत्येक चरणमा ५०० शैयामा विस्तार गर्नसके पनि सरकारकै लगानीमा अस्पताल विस्तारको काम अघि बढाउन सकिन्छ, त्यसका लागि कुनै दातृ निकाय वा संस्थाको भर पर्नै पर्दैन,” उनको भनाइ छ ।

यसबाहेक न्याम्सले हाल चलाइरहेका शैक्षिक कार्यक्रमहरू उपत्यकाबाहिरका सबै संघीय अस्पतालहरूमा विस्तार गर्ने उनको दोस्रो प्राथमिकतामा छ । त्यस्तै वीर अस्पतालको ओपीडी सेवा सहज बनाउने, सेवाग्राहीमैत्री बनाउने विषयलाई प्राथमिकतामा राखेको उनी बताउँछन् ।

वीर अस्पताल भित्रका कर्मचारीहरूकोे वृत्तिविकासमा लागि थप काम गर्ने, सुविधामा एकरुपता ल्याउने, नयाँ शैक्षिक कार्यक्रमथप गर्ने तथा प्रतिष्ठाहरुको छाताऐन आएपश्चात न्याम्सलाई त्यसको एपेक्स बडी बनाउनेगरी काम अघि बढाउने डा. बस्नेतको योजना छ ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा चिकित्सा शिक्षा अध्यापन गराउने प्रतिष्ठानहरुका लागि एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनद्वारा सञ्चालन गरिने नीति ल्याएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro