site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा १५ दिनदेखि भ्रष्टाचारविरोधी अभियान

विराटनगर । मोरङको विराटनगरमा विगत १५ दिनदेखि भ्रष्टाचारविरुद्धको अभियानलाई अन्दोलनका रूपमा अघि बढाइएको छ । स्वस्फूर्त रूपमा नागरिक अगुवा भेला भई विरोध प्रदर्शन र दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

अभियानअन्तर्गत बिहीबार बृहत् नागरिक आन्दोलनका अगुवाले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र पठाएका छन् । देशमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थप कडा कदम चाल्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको किर्ते प्रकरण बाहिर आएसँगै त्यसको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको मागसहित यहाँ १५ दिनदेखि आन्दोलन जारी छ ।

अभियानको नेतृत्वकर्ता सूयर्माराज राईले नक्कली शरणार्थी प्रकरण मात्र नभई भ्रष्टाचारसँग सम्बन्धित सबै विषयमा निमर्म अनुसन्धान गरी कारबाही हुनुपर्ने बताए । अभियानले विराटनगरको ट्राफिक चोकमा दैनिक प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro