site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रोन डिसेन्टिसले गरे अमेरिकी राष्ट्रपतिको उमेदवार बन्ने घोषणा

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले अमेरिकी राष्ट्रपति पदको उमेदवार बन्ने घोषणा गरेका छन् । बुधबार ट्विटर स्पेसमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

ट्विटरका मालिक एलन मस्कले होस्ट गरेको स्पेसमा डिसेन्टिसले सन् २०२४ को निर्वाचनका लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन् । तर, स्पेस सुरु गरिएको एक मिनेटपछि प्राविधिक समस्याका कारण आवाज आउन छोडेको थियो ।

Dabur Nepal
NIC Asia

ट्विटरमा समस्या आएसँगै लाखौँ प्रयोगकर्ता यसमा जोडिन पाएका थिएनन् । कति प्रयोगकर्ता त्यसबाट बाहिरिएका थिए । केही ढिलाइ गरेर पछि पुनः सुरु गरिएको करिब एक घण्टा लामो वार्तामा उनले औपचारिक रूपमा आफ्नो उमेदावरी घोषणा गरेका हुन् ।

तर, उनको चुनावी अभियानको सुरुआत नै ‘अशुभ भएको’ भन्दै आलोचना एवं टिकाटिप्पणी भइरहेको छ ।

ट्विटरमा स्पेसमा उनले रिपब्लिकन पार्टीलाई हराउने संस्कृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । योसँगै उनी रिपब्लिकन पार्टीका अर्का नेता एवं अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसित उमेदवारको दौडमा हुनेछन् ।

उमेदवारी घोषणा गर्ने बेला ट्विटरमा समस्या आएको विषयलाई लिएर ट्रम्पले डिसेन्टिसप्रति कटाक्ष गरेका छन् । उक्त स्पेसका क्रममा कुनै बेला डिसेन्टिसको कुरा सुन्नेको संख्या ६ लाखसम्म पुगेको थियो । तर, पछि सुन्नेहरूको संख्या करिब तीन लाखमा झरेको थियो । रोयटर्सबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro