site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गिभिना र नर्सहरूबीचको विवाद अस्पतालदेखि सडकसम्म, पन्थी भन्छिन्– पेसामाथि हमला नगरियोस्

काठमाडौं । दुई दिनयता काठमाडौंको माइतीघरमा नर्सहरूको एक समूह शान्तिपूर्ण धर्नामा छ । पछिल्लो एउटा घटनाले समग्र नर्सिङ पेशामाथि नै प्रश्न उब्जाएकोमा उनीहरूको आपत्ति छ ।

सामाजिक सञ्जालमार्फत् नर्सहरूको चरित्रहत्या भएको भन्दै त्यसको विरोध जनाइरहेका छन् । घटनाले नर्सिङ पेसाप्रति नै आँच पुर्‍याएको नर्स सम्वद्ध विभिन्न संघ संस्थाहरूको ठहर छ । यही घटनाले अहिले अस्पतालदेखि सडकसम्म तताएको छ ।

के हो घटना ?
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल) मा कास्कीकी १६ वर्षीया बालिका रक्त क्यान्सरको उपचार गराइरहेकी छिन् । उनलाई आर्थिक सहयोग जुटाइरहेकी थिइन् सामाजिक अभियान्ता गिभिना मगरले ।

Dabur Nepal
NIC Asia

जेठ ३ गते बेलुका गिभिनाको टिकटक आइडी गिभिना १८ (जुन अहिले चलिरहेको छैन) बाट एउटा भिडियो पोष्ट भयो, जसमा तिनै बालिकाबारे गिभिना र भरतपुर अस्पतालका नर्सहरूबीच भएको सामान्य विवाद देखाइएको छ ।

गिभिनाले सो भिडियोमा बालिकालाई २ बजे दिनुपर्ने औषधि ४ः ३० बजे दिएर अस्पतालका नर्सहरूले बिरामीको उपचारमा लापरबाही गरेको बताएकी छन् । औषधि दिएको समय भने २ बजे नै भनेर उल्लेख गरेको उनले भनेकी छिन् ।

तर, इमर्जेन्सी केयर युनिटका नर्सहरूले भने केही ढिलो गरेर दिएको औषधिले खासै फरक नपर्ने भन्दै बुझाउन खोजेको भिडियोमा देखिन्छ । संवादको क्रममा केही विवाद भएको भिडियोमा देखिन्छ ।

यो भिडियो टिकटकमा सार्वजनिक भएसँगै विभिन्न खाले प्रतिक्रियाको ओइरो लाग्यो । गत जेठ ४ गते बिहान भरतपुर अस्पताल प्रशासनले गिभिनालाई बोलाई यसबारे छलफल ग¥यो । गिभिनासँग सम्बन्धित नर्स, अस्पताल प्रशासन, नर्सिङ विभागसमेत बसेर डेढ घण्टा लामो वार्ता चल्यो ।

दुवै पक्षले आफ्नो गल्ती स्वीकार गरी अघि बढ्ने अस्पतालको संवेदनशील क्षेत्रमा खिचिएको भिडियो टिकटकबाट हटाउने र आगामी दिनमा यो विवादलाई नलम्ब्याउने सहमति भयो ।

गिभिनाको टिकटकबाट पुरानो भिडियो हटेछ तर अन्य प्रयोगकर्ताले सेभ गरेर पोष्ट गरेको भिडियो भने अहिले पनि टिकटक र फेसबुकमा छ्यापछ्याप्ति छ ।

त्यतिमात्र नभई गिभिनाले अस्पतालबाहिर निस्किएर टिकटक लाइभमार्फत् नर्सहरूलाई गाली गरेको र चरित्रहत्या हुने शब्दहरू बोलेर भिडियो पोष्ट गरेको अस्पतालको आरोप छ ।

त्यसपछि भने टिकटक र फेसबुकमार्फत् नर्सहरूबारे नकारात्मक टिप्पणी र प्रतिक्रियाको ओइरो लाग्छ । घटनालाई सतही रूपमा बुझी दूस्प्रचार गरिएको र सामाजिक सञ्जालमार्फत् आफूहरूको चरित्र हत्या भएको भन्दै भरतपुर अस्पतालका ५० जना नर्सको टोली जेठ ७ गते जिल्ला प्रशासन कार्यालय पुगे कारबाही प्रक्रियबारे छलफल भयो ।

nurse aandolan11684849086.jpeg

तर, नर्सको टोली अस्पताल फर्कन नपाउँदै गिभिना र उनका समर्थकहरूको टोलीसँग जम्काभेट भयो, दुवैतर्फीले आ–आफ्ना तर्क राख्दै विवाद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा गिभिनाका समर्थकहरूले नर्सहरुको बोली व्यवहारलाई लिएर आक्रामक शैलीमा प्रस्तुत भएको र नर्सहरूले गिभिनालाई मगन्ते, भिखारीजस्ता शब्दले गाली गरेको देखिन्छ ।

भरतपुर क्यान्सर अस्पतालको इमर्जेन्सी केयर युनिटबाट सुरु भएको घटना अहिले सडकसम्म आइपुगेको छ । चितवन र काठमाडौंसँगै विभिन्न जिल्लामा रहेका नर्स सम्वद्ध संघ संगठन अहिले विरोधमा उत्रिएका छन् । एउटा घटनाका कारण समग्र नर्सिङ पेशामाथि नै आँच पुगेको र नर्सहरूको चरित्रहत्या भएको  गुनासो छ ।

यता गिभिनाका समर्थकहरूले भने घटनामा नर्सहरूले एउटा सामाजिक अभियान्तामाथि मगन्तेको आरोप लगाएको, मानहानी गरेको भन्दै विरोध गरिरहेका छन्, घटना जिल्ला प्रहरी कार्यालय चितवनले छानविन गरिरहेको छ ।

गल्ती भए सजायको भोग्न तयार छौँ तर पेशामाथि हमला नगरियोस्
यो घटनाले उग्र रुप लिएपछि आफूहरूको काम गर्ने मनोबल अत्यन्तै कमजोर भएको नर्सहरूले बताएका छन् । भरतपुर क्यान्सर अस्पतालकी नर्सिङ विभाग प्रमुख सबिता पन्थी यही घटनाका कारण पछिल्ला केही दिनयता अस्पतालका नर्सहरूमा मानसिक यातना थपिएको बताउँछिन् ।

“एकातिर साथीहरूलाई काममा जान एकदमै गाह्रो भइरहेको छ, अर्कोतर्फ भिजिटरहरूले नर्सप्रति विश्वसनीयता घटेको महसुस भएको छ, तैपनि अस्पतालमा उपचाररत २८० बिरामीको हेरचाह त गर्नैपर्‍यो,” उनी भन्छिन् ।

“घटनाको छानविन समिति गठन गरियोस्, पेसामाथि हमला नगरियोस्  तर, अन्तर्राष्ट्रिय स्तरमै पेसामाथि प्रश्न उठाउने काम नगरियोस्” उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro