site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्त गर्न माग
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शून्य समयको नाम परिवर्तन गरेर ‘मन्त्रीले सुन्ने समय’ राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

शून्य समयमा उठाएका विषय प्रभावकारी हुन नसकेको गुनासो उनले गरे । “शून्य समयलाई जिरो समयका रूपमा होइन, यसको नामकरण गरेर मन्त्रीले सुन्ने समय राखियोस्, नभए यो जिरो हुने भयो,” उनले भने ।

KFC Island Ad
NIC Asia

सांसद खतिवडाले संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्त गर्न पनि माग गरे । संवैधानिक परिषद्को सिफारिसपछि उक्त समितिमा प्रधानन्यायाधीशको सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइपछि सिफारिस स्वीकृत भएमा नियुक्तिका लागि योग्य मानिन्छ ।

“संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेनन् । जसले एक लाख ६८ हजार मुद्दा सुनुवाइ थाती छन् । चाँडोभन्दा चाँडो प्रधानन्यायाधीश नियुक्त गरियोस्,” उनले भने ।

Royal Enfield Island Ad

उनले लम्पी स्किन रोग नियन्त्रणका लागि समेत सरकारलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro