site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुक प्रयोगकर्ताको डाटा अमेरिका पठाएकोमा मेटामाथि डेढ खर्ब बढी जरिवाना
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटालाई युरोपियन आयोग (ईयू)को नियामकले डेढ खर्ब रुपैयाँभन्दा बढी जरिवाना तोकेको छ ।

फेसबुकले ईयू नागरिकको डाटा अमेरिका पठाएर गोपनीयता उल्लंघन गरेको भन्दै १.३ अर्ब अमेरिकी डलर (एक खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढी) जरिवाना तोकेको हो ।

Agni Group

यो मुद्दा सन् २०१३ देखि नै सतहमा आएको थियो । यस किसिमको अमेरिकी सामूहिक निगरानीको बारेमा एडवर्ड स्नोडेनले खुलासा गरेका थिए ।

गोपनीयता उल्लंघनकै लागि सन् २०२१ मा अमेजनलाई तोकिएका ७४ करोड पाउण्डभन्दा बढी यो कीर्तिमानी जरिवाना हो ।

Global Ime bank

मेटाले यसरी ईयूका नागरिकको डाटा अमेरिका पठाएर लक्षित विज्ञापन देखाउनका लागि प्रयोग गर्ने गर्छ ।

यसअघि, यस किसिमको डाटा गोपनीयता शिल्ड भनेर चिनिने ट्रान्सएटलान्टिक सम्झौताले स्तानान्तरणका लागि सुरक्षित गरेको थियो । तर ईयूको अदालतले अमेरिकी निगरानीको खतरालाई संकेत गर्दै सन् २०२० मा यसलाई अवैध घोषित गरेको थियो ।

१.३ अर्ब अमेरिकी डलर जरिवाना तोकिए पनि फेसबुकले आफ्नो गोपनीयता नीतिमा खासै फेरबदल गर्ने अपेक्षा भने गरिएको छैन । किनकि, दशौँ अर्ब कमाउने मेटाका लागि यो जरिवाना सामान्य हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu