site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नक्कली शरणार्थी प्रकरण : आरोपपत्रसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

सोमबार कुनै ठूलो ग्रन्थको ठेलीजत्रै प्रतिवेदन लिएर प्रहरी टोली सरकारी वकिलको कार्यालयमा प्रवेश गरेको हो । प्रहरीले आरोपपत्रसहितको प्रतिवेदन बुझाएको हो ।

सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको हो । सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले दिएको जानकारीअनुसार अहिले प्रहरीले बुझाएको प्रतिवेदन बुझ्ने काम भइरहेको छ ।
प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ ।

Agni Group

नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान सक्रिय गिरोहविरुद्ध प्रहरीले अभियान चलाएको थियो । सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना पक्राउ परेका छन् ।

बाँकी फरार रहेका १६ जनाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

Global Ime bank

यसैबीच प्रहरीले भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धनको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाइ प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा संगठित अपराध, ठगि र राज्य विरुद्धको अपराधमा मुद्दघा चलाउन सिफारिस गरिएको छ । 

“प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा संगठित अपराध, ठगि र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन रायसमेत प्रस्तुत भएको छ,” जिल्ला सरकारी वकिल कार्यलयको प्रमुख उपन्यायाधिवक्ता अच्युतमणि न्यौपानले भने, “उहाँहरुले सिफारिस गर्नुभएको छ । मुद्दघा चलाउने अधिकार हामीलाई भएकाले प्रतिवेदन अध्ययन पछि निर्णय हुन्छ ।”

थप तस्बिर हेर्नोस्–

 

346144260_233845182613865_3378547552145167913_n1684740048.jpg

346141315_919982085730110_1857269435964501272_n1684740037.jpg

346160989_256586363584760_2859506351317238180_n1684739995.jpg

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC