site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा एक महिलाले गरिन् आफैँले आगो लगाएर आत्महत्या
Global Ime bank

काठमाडौं । काठमाडौंमा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्ने रामेछापकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको आज बिहान ३ः२० मा मृत्यु भएको प्रहरीले जनाएको छ ।

“श्रेष्ठले के कारण आत्महत्या गरेकी हुन् भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले बाह्रखरीसँग भने ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu