site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रेलिगेसन क्षेत्रको खुमलटारसँग रोकियो आर्मी, एपीएफविरुद्ध हिमालयन शेर्पाको रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब रेलिगेसन क्षेत्रमा संघर्षरत नवप्रवेशी टोली फुटबल क्लब खुमलटारसँग २–२ को बराबरीमा रोकिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुईपटकको अग्रता जोगाउन नसक्दा आर्मी पुछारको खुमलटारसँग अंक बाढ्न बाध्य बन्यो । खेलको १४औँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, मेसुके ओलोमेउले ३५औँ मिनेटमा गोल गरेपछि खुमलटार खेलमा फर्किएको थियो । पहिलो हाफमा समान एक गोल गरेका दुवै टिमले दोस्रो हाफमा पनि एक–एक गोल थपे ।

Dabur Nepal
NIC Asia

नवयुग श्रेष्ठले ५१औँ मिनेटमा गोल गरेपछि आर्मीले पुनः २–१ को अग्रता बनाएको थियो । तर, ७५औँ मिनेटमा स्टेफाने बिनोङले गोल गरेपछि खुमलटार बराबरीमा फर्कियो ।

बराबरीमा रोकिएसँगै १९ खेलबाट २६ अंक जोडेको आर्मी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट १८ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ ।

लिगमा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले अर्को विभागीय टिम एपीएफ फुटबल क्लबविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको सातौँ मिनेटमा खामिर गिल्सेनले गरेको गोलबाट हिमालयन शेर्पाले अग्रता बनाएको थियो । १८औँ मिनेटमा पिस्टोने मुतम्बाले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई दोब्बर पारे । ५१औँ मिनेटमा अबायोमी फाकुल्नेले गोल गरेपछि हिमालयन शेर्पाले अग्रतालाई ३–० मा पुर्‍याएको थियो ।

खेलको अन्तिम समयमा दुई गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए पनि एपीएफ बराबरीमा फर्किन भने सकेन । ८७औँ मिनेटमा एपीएफका सनिष श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–१ मा झारेका थिए । इन्जुरी समयमा युवराज खड्काले गोल गर्दै एपीएफलाई ३–२ को अवस्थामा ल्याए पनि विभागीय टिमको हार टार्न सकेनन् ।

जितसँगै १९ खेलबाट २५ अंक जोडेको हिमालयन शेर्पा तालिकाको सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अंक जोडेको एपीएफ १२औँ स्थानमा झरेको छ । एपीएफ तालिकाको रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबभन्दा एक अंकमात्र माथि छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro