राजनीति
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चार पदाधिकारी चीन भ्रमणमा गएका छन् । दश दिने भ्रमणका लागि पदाधिकारीहरू शुक्रबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका हुन् ।
पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीनको छिन्दू प्रान्तको भ्रमणमा निस्किएका हुन् ।
भ्रमण टोलीमा अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीसमेत छन् । भ्रमण टोलीमा माओवादी केन्द्रका सचिव हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, प्रदेश अध्यक्षसहित केन्द्रीय नेताहरू रहेको क्रान्तिकारी अध्यक्ष मैनालीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्