site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चैतमा साढे दुई अर्ब प्रथम बिमा शुल्क आर्जन, एक अर्ब १८ करोडको ‘सरेन्डर’
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चैतमा जीवन बिमा कम्पनीहरूले नयाँ बिमालेख बिक्री गरी दुई अर्ब ४८ करोड आठ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका छन् । तर, बिमाको पैसा बिमितले तिर्न नसक्दा बीचमै प्रिमियम तिर्न छोड्ने पनि बढ्दै गएका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार चैतमा मात्र जीवन बिमा कम्पनीहरूबाट एक अर्ब १८ करोड रुपैयाँबराबरको बिमा ‘सरेन्डर’ भएको छ । उक्त अवधिमा नौ हजार ३५८ जनाले बिमालेख त्यागेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको फागुनमा एक अर्ब आठ करोड रुपैयाँको सरेन्डर भएको थियो ।

यो अवधिमा सर्वाधिक रकमको बिमा सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमित छन् । उक्त कम्पनीका दुई हजार ६९८ जनाले बीचमै बिमालेख बन्द गरेका हुन् । चैतमा मात्र सो कम्पनीबाट ४२ करोड २२ लाख रुपैयाँको बिमा सरेन्डर भएको छ ।

Global Ime bank

पछिल्लो समय आर्थिक समस्या पर्न थालेपछि बिमा सरेन्डर गर्ने मानिसको संख्या बढ्दै गएको हो । बिमा शुल्क आर्जनको तुलनामा यो पाँच प्रतिशतसम्म सामान्य मान्न सकिने बिमाविज्ञ भोजराज शर्मा बताउँछन् । कतिपय बिमितले ऋण लिएर बिमा गरेका हुँदा सरेन्डर बढेको उनको भनाइ छ ।

सरेन्डर गर्नु रहर नभई बाध्यता भएको उनी बताउँछन् । सरेन्डर गर्दा बिमितलाई नै घाटा हुने शर्माले बताए ।

प्राधिकरणका अनुसार साउनमा आठ हजार ४२२ जनाले एक अर्ब ५१ करोड रुपैयाँको सरेन्डर गरेका थिए । भदौमा आठ हजार ५२ जनाले एक अर्ब १४ करोड रुपैयाँको, असोजमा ६ हजार ६३ जनाले ७७ करोड ३२ लाखको, कात्तिकमा ६ हजार ७४६ जनाले एक अर्ब ११ करोडको, मंसिरमा सात हजार ६५० जनाले एक अर्ब एक लाखको, पुसमा ६ हजार ७८२ जनाले ८७ करोड ४३ लाखको र मागमा नौ हजार ८३९ जनाले एक अर्ब ३२ करोड रुपैयाँको सरेन्डर गरेका थिए ।

प्रत्येक महिना नेपाल लाइफका बिमितले नै बढी सरेन्डर गर्ने गरेका छन् । यो कम्पनीमा बढी बिमित भएकाले बढी सरेन्डर हुने गरेको प्राधिकरणको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय