site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्री गुरुङ भन्छिन्– फोहोर व्यवस्थापनमा संघीय सरकारले सहजीकरण गरिरहेको छ

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरूङले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएकी छन् । मंगलबार बञ्चरेडाँडा ल्याण्डफिल साइटको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले फोहोर व्यवस्थापन र त्यसका कारण देखिएका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताइन् ।

सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सो आयोजनाका प्रमुख र इन्जिनियरहरूसहित बञ्चरेडाँडा क्षेत्रको स्थलगत निरीक्षण र अवलोकन गरेकी मन्त्री गुरूङले आयोजना निर्माणको अवस्था र फोहोर व्यवस्थापनमा देखिएका समस्याहरूबारे जानकारी लिएकी थिइन् । त्यसक्रममा त्यहाँका स्थानीयबासीसँग समेत फोहोर विसर्जनका कारण देखिएका समस्याहरूबारे मन्त्री गुरूङले कुराकानी गरेकी थिइन् । 

Dabur Nepal
NIC Asia

निरीक्षणपछि मन्त्री गुरूङले फोहोर व्यवस्थापनलाई सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर काम अघि बढाउन आयोजना प्रमुखलगायत सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन् । “फोहोर व्यवस्थापन स्थानीय सरकारको दायित्वभित्रको कुरा हो । तर, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले पनि चासो र सहजीकरण राख्दै आएको छ,” उनले भनिन्, “यहाँ ल्याण्डफिल साइट र फोहोर व्यवस्थापनकै कारण देखिएका समस्याहरूको समाधानका लागि योजनाहरू बनाएर काम अघि बढाऔँ । यसमा प्रधानमन्त्रीज्यूसमेतको विशेष चासो छ ।” 

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ । तर, ल्यान्डफिल साइट क्षेत्रमा फोहोरको उपयुक्त व्यवस्थापन नहुँदा वरपरका बासिन्दामा देखिएका समस्याहरूका कारण पटक पटक फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको छ । आगामी दिनमा त्यस्ता समस्या आउन नदिन मन्त्री गुरूङले सजग गराएकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro