site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड, देउवा र ओलीको भेटबारे सांसदहरूको प्रश्न : मिलेमतो त होइन ?
फाइल तस्बिर।

काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रश्नहरू उठेका छन् । सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निरन्तर भेटले यो विषयमा शंका पैदा गरेको जिकिर गरेका छन् ।

बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दोषीहरूले लुक्ने र मोबाइल फरम्याट गर्ने समय पाइरहेको भन्दै आलोचना गरे ।

“देशद्रोही र भ्रष्टाचारको विषयमा शंकास्पदहरुको नाम आउँछ । उनीहरुलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन् । केही त फरार पनि छन रे । यस्तो किन हुन्छ ?” उनले प्रश्न गरे ।

साथै, उनले प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै प्रश्न उठाए ।

बैठकको शून्य समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले ठूला तीन दलका नेताहरू निरन्तर भेटिरहेको आशंका गरे । उनले यो मिलेमतो त होइन भन्दै प्रश्न उठाए ।

“यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदै छ । यो सामान्य भ्रष्टाचारमात्र होइन, देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ,” उनले भने ।

बैठकको शून्य समयमा बोल्ने सांसदहरू बिजुला रायमाझी, सन्तोष परियार, शिव नेपाली, स्वर्णिम वाग्लेले पनि प्रश्न उठाए । सांसद परियारले त संसद्बाट खेद प्रस्ताव पारित गर्न र भएका प्रगतिहरूको विवरण संसद्मा जानकारी गराउन गृहमन्त्रीसँग आग्रह गरे ।

“नक्कली भुटानी शरणार्थीले राजनीतिलाई लज्जित बनायो । गृहमन्त्रीलाई संसद्मा आएर भएका प्रगतिको जानकारी गराउन माग गर्दछु,” सांसद परियारले भने ।

यस्तै, सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरे ।

“मानव तस्करसहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ । यसलाई विषयान्तर गर्नु भनेको अन्ततः भ्रष्टाचारलाई सघाउ पु¥याउनु हो,” उनले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro