site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा रोकियो जावलाखेल, फ्रेन्ड्स र एनआरटीले पनि अंक बाँडे

काठमाडौं । सहज अग्रता हुँदा खेलको अन्तिम १० मिनेट सम्हालिन नसकेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दीसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार च्यासल रंगशालामा सम्पन्न खेलमा २–० को अग्रता जोगाउन नसक्दा जावलाखेलले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने सुनौलो अवसर गुमायो ।

खेलमा एन्कोटो मोसाबीले ३३औँ मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । ७५औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । तर, अन्तिम १० मिनेट सम्हालिन नसक्दा जावलाखेलले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने अवसर खेर फाल्यो । विश्व गुरुङले ८०औँ मिनेटमा र सुमित श्रेष्ठले खेलको अन्तिम मिनेटमा गोल गरेपछि मनाङले उत्कृष्ट पुनरागमन गर्दै हार टार्यो ।

Dabur Nepal
NIC Asia

बराबरीका बावजुद जावलाखेल युथ क्लब शीर्ष स्थानमा यथावत छ । जावलाखेलले १८ खेलबाट ३१ अंक जोडेको छ । जुन दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा एक अंक बढी हो । तर, चर्च ब्वाइजले जावलाखेलभन्दा एक खेल कम खेलेको छ ।

यता, १८ खेलबाट २२ अंक जोडेको मनाङ तालिकाको सातौं स्थानमा छ ।

लिगमा आजै सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्बलले २–२ को बराबरी खेल्दै अंक बाँडे ।

खेलको २८औँ मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । यही गोलको सहयोगमा फ्रेन्ड्सले अग्रतालाई पहिलो हाफसम्म कायम राख्यो । तर, ५८औँ मिनेटमा अमित तामाङबाट आत्मघाती गोल भएपछि एनआरटी खेलमा फर्किएको थियो ।

त्यसको आठ मिनेटपछि अमित तामाङले नै गोल गर्दै फ्रेन्ड्सलाई पुनः अग्रतामा राखेका थिए । तर, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा निकोलस सर्ज सङले गोल गर्दै एनआरटीलाई बराबरीमा फर्काएका थिए ।

बराबरीसँगै १८ खेलबाट २० अंक जोडेको फ्रेन्ड्स लिगको रेलिगेसन क्षेत्रबाट उक्लिएको छ । तर, ११औँ स्थानको फ्रेन्ड्स रेलिगेसन क्षेत्रभन्दा एक अंकमात्र माथि छ । समान खेलबाट २२ अंक जोडेको एनआरटी तालिकाको आठौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro