site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वप्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने देशको नजिर नेपालले लिने हो : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् । शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाले भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरेको बृहत् आन्दोलनका क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

एउटा काण्डको अनुसन्धान गर्दैमा सरकारलाई सफल भन्दा अलि धेरै हुने टिप्पणी उनले गरे । अरू धेरै काण्डहरूको अनुसन्धान गरिए सरकारको सफलता मान्न सकिने उनको भनाइ छ ।

नक्कली भुटानी शरणार्थीकाण्डलाई सुरुआत विन्दु मानिएको भए सरकारलाई धन्यवाद दिनुपर्ने उनले बताए ।

कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरू कसैले पनि विषयान्तर गर्न नहुनेमा उनले जोड दिए । आफ्नो दलका लागि दोषीलाई बचाउने, छेक्ने, ढाट्ने कार्य नगर्न उनले आग्रह गरे ।

“नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन, भ्रष्टाचार गर्नेहरूको उजागर भयो । विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू हतकडी लाएर झेल गएको देखेका छौैँ । यो देशको बेज्जत भएको होइन, यो देशको इज्जत बढ्यो,” उनले भने, “पूर्वप्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिने हो । गलत छन् भने हेर्ने होइन, प्रमाणित गर्ने कोसिस होला । जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने, कसैलाई पनि छोड्ने होइन । एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यति धेरै पनि नलियौँ होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरू लाइनमा छन्, ती काण्डहरू पनि अनुसन्धान हून् । अनि हेर्छौँ । सरकारले यसलाई सुरुआत विन्दु मानेको हो भने स्याबास् सरकार, तर यो रोकिनु भएन । अहिलेलाई विषयान्तर कसैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने, छेक्ने, ढाँट्ने नगर्नुस् । नांगिसक्यो, अब किन छेक्ने ?”

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro