site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खुमलटारविरुद्ध एनआरटीको रोमाञ्चक जित

काठमाडौं । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार फुटबल क्लब खुमलटारमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा एनआरटीलाई पुनरागमन जित दिलाउन विक्रम धिमाल र निकोलस सङले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । खुमलटारका लागि स्टेफन समिर विनोङ र राजीव लोप्चनले गोल गरे ।

खेलको ३१औं मिनेटमा विनोङको गोलमार्फत खुमलटारले अग्रता बनाएको थियो । ३९औं मिनेटमा राजीवले खुमलटारको अग्रता दोब्बर बनाए ।

एनआरटीका लागि ६२औं मिनेटमा विक्रमले गोल गर्दै खुमलटारको अग्रतालाई २-१ को स्थितिमा झारे । त्यसको दुई मिनेटपछि नै खुमलटारका सङबाट आत्मघाती गोल उपहार पाएपछि एनआरटी खेलमा फर्कियो ।

यस्तै, ८३औं मिनेटमा दिपेश आले मगरले गरेको गोल निर्णायक बन्दा एनआरटीले ३-२ को रोमाञ्चक जित पक्का गर्यो ।

जितसँगै १७ खेलबाट २१ अंक जोडेको एनआरटी तालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १८ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro