काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्र नबिल बैंक लिमिटेडको शाखा कार्यालय र सभागृह बन्ने भएको छ ।
विश्वविद्यालय परिसरभित्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयका लागि ७५० सिट क्षमताको सभागृहको शिलान्यास गरेका हुन् ।
विद्यार्थी, प्राध्यापक र कर्मचारीका साथै गोठगाउँका बासिन्दालाई आधुनिक बैंकिङ सेवाप्रदान उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न लागिएको नबिल बैंकले जनाएको छ । साथै, बैंकले विश्वविद्यालयका लागि सभागृह निर्माणमा सहयोग गर्ने बताइएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले पूर्वाञ्चल विश्वविद्यालयमा तीन महिनाभित्र शाखा कार्यालय निर्माण सकिने र सञ्चालनमा आउने बताए । उनले नबिल बैंक बैंकिङ क्षेत्रमै नयाँ सेवा सुविधा प्रदान गर्ने अग्रणी बैंक रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैंक शीर्षस्थानमा रहेको बताए ।