site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ठूला माछा छानबिनमा तानिएको भन्दै बाबुराम भट्टराईले गरे स्वागत

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछा पनि तानिएको भन्दै सरकारको कदमको स्वागत गरेका छन् । 

समाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले भ्रष्टाचारको क्यान्सरले राज्यका सबै संयन्त्र गाँजेका बेला भएको छानबिन सकारात्मक भएको बताएका हुन् ।

“भ्रष्टाचारको क्यान्सरले सम्पूर्ण राज्यसंयन्त्र र उच्च नेतृत्वलाई गाँजिरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू समेतलाई छानबिनमा तान्नु स्वागतयोग्य छ,” भट्टराईले लेखेका छन्, “अब कुनै पनि बहानामा यसलाई फासफुस पार्ने काम नहोस ।”

उनले आशंका गरिएका सबै ठूला भ्रष्टाचारका काण्डको निष्पक्ष छानबिन र कारबाही गर्न पनि माग गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्