
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को मोरङ जिल्ला पार्टी कार्यालय जाने भएपछि पार्टीका इन्चार्ज परशुराम बस्नेतले कार्यालयमा कुनै छलफल आयोजना नभएको सर्कुलर जारी गरेका छन् ।
मंगलबार बस्नेतले सामाजिक सञ्जालबाट जिल्ला पार्टी कार्यालयमा कुनै प्रकारको कार्यक्रम नरहेको बताएका छन् । उनले पार्टी जिल्ला कार्यालय वा विराटनगर महानगरभित्र कुनै औपचारिक कार्यक्रम नरहेको बताएका छन् ।
बस्नेतले सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत गलत सूचना फैलाइएको बताएका छन् । कार्यालयमा केन्द्र, प्रदेश र जिल्ला तह कतैबाट कुनै कार्यक्रम तय नगरिएको उनको भनाइ छ ।
भण्डारी सोमबार विराटनगर आएकी हुन् । भण्डारीले पार्टी कार्यालय अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।