राजनीति
काठमाडौं । प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि प्रवेश भएको छ ।
सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट जारी रहेका बेला गृहमन्त्री बैठकस्थल छिरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण आज बिहान पक्राउ परेका छन् । नेताहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १५:४६
प्रतिक्रिया दिनुहोस्