site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा एसले भन्यो– कुनै शक्तिको दबाबबाट अनुसन्धान र कारबाही प्रक्रिया कमजोर नहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रियामा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ ।

आज बसेको सचिवालय बैठकपछि पार्टीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै अन्य घटनामा पनि छानबिन गर्न माग गरेका छन् ।

Dabur Nepal
NIC Asia

“कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर हुन नजाओस् । र, सबै दोषीहरुमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ । दबाइएका अन्य घटनाहरुमा पनि यसैगरी छानबिन अगाडि बढाउनसमेत हाम्रो पार्टी माग गर्छ,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले आवश्यक दबाब सिर्जना गर्न राजनीतिक दल, जनसमुदायलाई आह्वान गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro