राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल जारी छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूबीच अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छलफल केन्द्रित छ । उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १४:४५
प्रतिक्रिया दिनुहोस्