site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनबाट टोपबहादुरलाई एमालेको निर्देशन : अनुसन्धान प्रकृयामा सहयोग गर्नू
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धान प्रकृयामा सहयोग गर्न निर्देशन दिएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीले रायमाझीलाई निर्देशन दिइसकेको जानकारी दिए । साथै, उनले पार्टी विधिको शासन र कानुनी राज्यको खिलाफ नजाने पनि बताए ।

Dabur Nepal
NIC Asia

“हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौँ, तपाईँ यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस् भनेका छौँ,” उनले भने ।

साथै, उनले अनुसन्धानमा सरकार दायाँबायाँ नहोस् भन्दै दोषीलाई कारबाही गर्न पनि माग गरे ।

“विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ, यसमा सरकार तलमाथि दायाँबायाँ नगरीकन लागोस् । दोषीहरु कोही नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरुन् भन्ने अभियानका साथ लागोस् ।  नेकपा (एमाले) यो सरकारको काममा सहयोग र समर्थन गर्छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro