site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजार हल्ला र दबाबले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित नहोस् : थापा
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बजार हल्ला र दबाव वा प्रभावले प्रभावित हुन नहुने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको प्रि–बजेट छलफलमा बोल्दै उनले शीर्ष नेताहरू निरन्तरको भेटले पनि दोषीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका प्रकट गरे । उनले आफ्नै दलको नेताप्रति इंगित गर्दै नाताको आधारमा पनि दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।

Dabur Nepal
NIC Asia

“अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् । निर्दोष कोही पनि नपरोस्, तर दोषी छन् भने नेता हुन् कि नाता होस्, एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने सरकारले सुशासनको नारा लगाउन सक्छ । फिल्म चल्छ, हाउस फुल हुन्छ । नभए हल खाली हुन्छ,” उनले भने, “सुशासनमा आधारित रहेर भ्रष्टचारमा शून्य सहनशीलता, त्यसको आधारमा सुशासन प्रत्याभूत गर्ने कुरा गर्नुभएको छ । नक्कली भुटानी शरणार्थीको विषय यस्तो बोला आएको छ कि सरकाले यसलाई कसरी डिल गर्छ, यसैले बाँकी रहेको कुरा निर्धारण गर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । तर, कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबावले प्रभावित नहोस् ।”

उनले अहिलेसम्म भएको र सरकारले लिएको कदमको प्रशंसा समेत गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro