site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रि–बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत 

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने भएका छन् ।  

अर्थमन्त्री डा. महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो ।  उक्त छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ आज मन्त्री महतले दिन लागेका हुन् । 

संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । 

जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro