site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको प्रश्न– टोपबहादुर दोषी छैनन् भने किन लुकेर बसेका छन् ?
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने जिकिर गरे ।

“यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ,” सांसद यादवले भने, “उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ ।”

प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्