site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषधका होलसेलर समातिए, भारतीय जेलबाट आउँथ्यो अर्डर
SkywellSkywell

काठमाडौं । लामो समयदेखि अवैध लागु औषधको कारोबार गर्दै आएका धादिङ किरानाचोक गाउँपालिका धिरखर्कका ३६ वर्षीय दर्जबहादुर तामाङ र मकवानपुर राक्सीराङका राजकुमार मोक्तानलाई २ किलो अफिम र २२ किलो चरेशसहित प्रहरीले पक्राउ गरेको छ । 

लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई सोमबार अवैध चरेश र अफिम सहित काठमाडौंको बल्खुवाट पक्राउ गरेको ब्युरोका प्रमुख डीआईजी ठूले राईले बताए । पक्राउ परेका तामाङ र मोक्तानलाई ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

मकवानपुरको राक्सीराङबाट अफिम र धादिङबाट ल्याएको चरेश भारत पठाउने तयारी गरेका बेला विषेश सूचनाको आधारमा ब्युरोबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको डीआईजी राईले बताए । 
“पक्राउ परेका तामाङले लामो समयदेखि लागू औषधको कारोबार गर्दै आएका थिए, प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गरेको छ, उनको कनेक्सन बारे छानबिन गर्दैछौं,” डीआईजी राईले भने । 

KFC Island Ad
NIC Asia

लामो समयदेखि लागु औषधको कारोबार गर्दै आएका दर्ज तामाङलाई प्रहरीले लामो समयदेखि नै खोजी गर्दै आएको थियो । उनी यसअघि तीन पटक प्रहरी फन्दामा परे पनि बच्दै आएका थिए । 

अनुसन्धान अधिकारीका अनुसार उनी अवैध लागु औषध चरेश मात्र हैन, अन्य लागु औषधको पनि कारोबार गर्ने गर्छन् । प्रहरीको लागु औषध ब्युरोको सर्वाधिक खोजी सूचीमा रहेका तामाङलाई पक्राउ गर्न खोजेपछि उनी सूचना दिनेलाई नै झुक्याएर भाग्न सफल भएका थिए ।  

Royal Enfield Island Ad

अनुसन्धान अधिकारीका अनुसार उनी लागु औषध कारोबार गर्ने स्थानमा रेकी गर्न युवाहरु परिचालन गर्थे । आफू हिँडडुल गर्ने बाटोमा समेत नयाँ मान्छे देख्नासाथ खबर गर्न र उसको हुलिया हेरेर पत्ता लगाउनकै लागि युवाहरु परिचालन गर्ने गरेका थिए । 

लागु औषध चरेश, अफिमलगायत नेपालबाट भारत जाने लागु औषधका उनी डिलर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ब्युरोले धेरै पहिलेदेखि खोजेको व्यक्ति पक्राउ परेको भन्दै नेपालबाट भारत पठाउने अवैध लागु औषधका तस्करी मध्ये दर्ज पनि रहेको ब्युरोका डीआईजी ठूले राईले बताए । उनलाई पक्राउ गर्न ६ महिनादेखि ब्युरोको टोली लागिपरेको थियो । 

भारतीय जेलमा रहेका तस्करले तामाङसँग अर्डर गर्थे

भारतका विभिन्न जेलमा रहेका लागु औषध तस्करसँग तामाङको सम्पर्क रहने गरेको अनुसन्धानबाट खुलेको छ । 
लागु औषधको मुद्दामा भारतीय जेलमा रहेका आशनारायण मुखिया, निसान सिंहलगायतले आफूलाई चरेश तथा अफिमको अर्डर दिने गरेको तामाङले प्रहरी बयानमा भनेको स्रोतले जनाएको छ ।

भारतको जेलबाट कुन व्यक्तिलाई के लागु औषध दिने भन्दै फोन आएपछि विभिन्न माध्यम प्रयोग गरी आफूले त्यहाँ लागु औषध सप्लाइ गर्ने गरेको तामाङले प्रहरी बयानमा बताएका छन् । 

तामाङले नेपालबाट चरेश, अफिमलगायतका लागु औषध भारत सप्लाई गर्ने र भारतबाट ब्राउन सुगर, खैरो हिरोइन जस्ता लागु औषध नेपाल भित्र्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

तस्बिर : सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro