site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्टकको एक्सचेञ्ज लाइसेन्स : व्यापारिक घरानाको लडाईँ, बिचौलियाको चलखेल

काठमाडौं । धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको लागि तीनवटा कम्पनीको आवेदन प¥यो । 

आइतबार आवेदन दिने अन्तिम समयसम्म हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिए । 

कमोडिटी एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिव एक्सचेञ्ज, मल्टी एसेट् एण्ड डेरिभेटिव, हिमालयन कमोडिटिज एक्सचेञ्ज, नेपाल मल्टी कमोडिटिज एक्सचेञ्ज दर्ता भएका छन् । 

Dabur Nepal
NIC Asia

धितोपत्र बोर्डको कार्यालयमा स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज चलाउँछु भनेर प्रस्ताव सिलबन्दीसहित दराजमा पुगेको छ । 

बोर्डले केही दिनभित्र सञ्चालक समितिको बैठक राखेर नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीको लाइसेन्स दिने छ ।  गत वर्ष रमेश हमाल धितोपत्र बोर्ड अध्यक्ष बनाउँदा एउटा सर्त थियो लाइसेन्स खुलाउनुपर्ने । 

लाइसेन्समा दबाब आउने देखेको कारण त्यो बेला धितोपत्र बोर्डको अध्यक्ष बन्न प्रस्ताव गए पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले अस्वीकार गरेका थिए । 

धितोपत्र बोर्डले निर्वाचन अगाडि नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स खुलाएको थियो ।  तर सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको कारण रोकिएको थियो । 

सर्वोच्चले लाइसेन्स दिनको लागि बाटो खोलेपछि लाइसेन्सको लागि प्रस्ताव लिने काम अगाडि बढेको छ ।  हिमालय स्टक एक्सचेञ्जमा हिमालय रि–इन्स्योरेन्सका लगानीकर्ता नै छन् । व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप, मुरारका ग्रुप तथा विभिन्न कम्पनीका एजेन्टको रुपमा चिनिएका दिपक भट्टको लगानी हिमालयन स्टक एक्सचेञ्जमा छ । 

नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली(एनआरएनएन) व्यवसायीहरु जीवा लामिछाने, कुमार पन्त, केडिया ग्रुप तथा विभिन्न कम्पनीको एजेन्टको काम गर्ने दिपकप्रसाद तिमिल्सिनाको लगानी छ । 

अन्नपूर्ण एक्सचेञ्जमा अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापासहितका लगानीकर्ता छन् ।  स्टक एक्सचेञ्जको लाइसेन्स दिने धितोपत्र बोर्डले गरेको तयारी यो पहिलोपटक भने होइन । 

विगतमा दुईपटक बोर्डले लाइसेन्स दिने तयारी गरे पनि राजनीतिक कारणबाट रोकिएको हो ।  धितोपत्र बोर्डको अधिकार क्षेत्रभित्र लाइसेन्स दिन सक्ने भए पनि राजनीतिक नेतृत्त्व सहमत नभएसम्म लाइसेन्स दिने अवस्था छैन । 

अहिले धितोपत्र बोर्डमा दर्ता भएका हिमालयन र नेशनल स्टक एक्सचेञ्ज नाममा आवेदन १० वर्ष अगाडि नै परेको थियो । 

धितोपत्र बोर्डले लाइसेन्स नदिएपछि त्यो प्रस्ताव बोर्डको दराजमा नै थन्किएको छ । बोर्डले पुरानो प्रस्तावलाई टुंगोमा नपु¥याएर जबरजस्ती गरेको भन्दै विवादसमेत भएको छ । 

नयाँ स्टक एक्सचेञ्जको चुक्ता पुँजी तीन अर्ब छ । जसमा ३० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्छ । 

यस्तै कमोडिटीको भने कृषिको मात्र काम गर्नेलाई डेढ अर्ब र मेटलको काम गर्नेलाई दुई अर्ब चुक्ता पुँजी तोकिएको छ । 

राजनीतिक दलका नेता मिलाउने तयारीमा व्यापारी 

धितोपत्र बोर्डको सञ्चालक समितिले लाइसेन्स दिने भए पनि यसमा राजनीतिक नेतृत्त्वलाई सहमत नगराएसम्म लाइसेन्स पाउने अवस्था छैन । 

लाइसेन्स लिने प्रयास गरिरहेका व्यापारी तथा बिचौलियाहरु यसमा नेताहरु मिलाउने प्रयासमा छन् ।

मुख्य रुपमा सरकारको नेतृत्त्व गरिरहेको दल माओवादी र सत्ता साझेदार नेपाली कांग्रेसलाई मिलाउने र प्रतिपक्षी एमालेलाईलाई समेत विरोध गर्न नसक्ने गरेर मिलाउने तयारी व्यापारीहरुले गरेका छन् । 

लाइसेन्सको लबिइङमा लागेका दिपक भट्ट, दिपकप्रसाद तिमिल्सिना र रामेश्वर थापामा दुईजनाबीच सहमति हुनेसमेत सम्भावना रहेको चर्चा व्यापारिक वृत्तमा छ । 

थापाले लाइसेन्स पाउने जुन समूह बलियो हुन्छ त्यही समूहलाई समर्थन गरेर सेयर लिने रणनीतिमा रहेका छन् । 

अहिले लाइसेन्स लिनेमा नरहेका ग्रुपहरु भने जुन समूहले लाइसेन्स पाउँछ सोही समूहसँग सेयर किन्ने योजनामा रहेको देखिएको छ । 

थप एउटा स्टकको लाइसेन्स दिएपछि बोर्डले लाइसेन्स दिने सम्भावना छैन ।  त्यही भएको कारण व्यापारिक घरानाबीच लाइसेन्सको लडाईँ निकै पेचिलो मानिएको छ । 

हिमालयन रि–इन्स्योरेन्सको लाइसेन्स कोभिडको निषेधाज्ञा भएको समयमा शंकर ग्रुपसहित दिपक भट्टको समूहले पाएको थियो । 

त्यो बेला शंकर ग्रुपले लाइसेन्स लिने प्रयास गरेको विशाल ग्रुप, आइएमई समूह र गैर आवासीय नेपाली समूहलाई पछाडि पारेको थियो । 

अहिले शंकर ग्रुपले जसरी पनि लाइसेन्स लिने तयारीमा छ । वित्तीय क्षेत्रमा कमजोर उपस्थिति रहेको शंकर ग्रुपले जीवन बीमा कम्पनी, पुनर्बीमा हुँदै लघुबीमाको लाइसेन्स लिएको छ । जसलाई दिपक भट्टले साथ दिएका छन् । 

लाइसेन्सको फाइदा र घाटा यस्तो छ 

स्टकको नयाँ लाइसेन्स लिन लागेका व्यवसायिक समूहले सञ्चालन गर्ने उद्योगहरु अहिले पब्लिक कम्पनी छैनन् । 

आफ्नो स्टक चलाउनको लागि पनि उनीहरु पब्लिक कम्पनीमा रुपान्तरण भएर सेयर जारी गर्न सक्छन् । 

जसको फाइदा सेयर बजारलाई हुन्छ । यसबाहेक अहिले चलिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सरकारी कम्पनी हो । 

जसलाई आवश्यक पर्ने सफ्टवेयर प्रविधिमा लगानी गर्नको लागि लामो प्रक्रिया लाग्छ । तर नयाँ स्टक निजी क्षेत्रका पब्लिक कम्पनीको सेयर भएको हुँदा त्यो प्रक्रिया छिटो हुन्छ । 

जसले प्रविधि भित्र्याउने सम्भावना हुन्छ । विदेशी लगानीकर्ता समेत नयाँ स्टक एक्सचेञ्जले ल्याउन सक्ने देखिन्छ । 

यसको बेफाइदा भने अहिले चलिरहेको सरकारी कम्पनी नेप्सेलाई हुने घाटा हो ।  विगतमा बनेका विभिन्न समितिले नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने सुझाव दिएका थिए ।

तर सरकार भने त्यो तयारीमा नलागेर नयाँ लाइसेन्स थप्ने नीतिमा छ ।  विश्वमा पछिल्लो समय स्टक एक्सचेञ्जको मर्जर भइरहेको छ । 

जसमा ४० अर्ब अमेरिकी डलरमात्र जीडीपीको साइज पुगेको नेपालमा दुईवटा स्टक एक्सचेञ्जको फाइदा हुन्छ वा हुँदैन भन्नेमा प्रश्न छ । 

नयाँ स्टक एक्सचेञ्जमा लगानी गर्नेलाई कम्तीमा ५ वर्ष भने फाइदा हुने छैन । तर यसको सेयर निष्कासन हुने हुँदा त्यसपछिको मूल्यमा फाइदा हुन्छ । 

सेयर बजारमा लगानीकर्ता थपिएको हुँदा नेप्सेको नाफा भने निकै बढी छ । आर्थिक वर्ष २०७७–७८ मा नेप्सेले एक अर्ब ४० करोड रुपैयाँ नाफा गरेको थियो । 

त्यही अनुपातको नाफा २०७८–७९ मा पनि नेप्सेले गरेको थियो ।  चालु आर्थिक वर्षमा भने सो अनुपातमा नाफा भने हुने छैन । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro