site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा निर्माण व्यवसायीको गोली हानी हत्या, मनोज समुहले लियो हत्याको जिम्मेवारी

काठमाडौं । काठमाडौंमा गोली हानी दिनदहाडै निर्माण व्यवसायीको हत्या भएको छ ।

बानेश्वर नजिकै ठूलो खरीबोट क्षेत्रमा मोटरसाइकलमा आएका दुई जनाले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथी गोली हानी फरार भएका थिए । 

तीनवटा गोली लागेका गौचनको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सीभिल अस्पतालमा पुर्याएको भए पनि त्यहाँ अस्पताल नपुर्याउँदै मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

उनको टाउको र छातीमा गोली हानिएको प्रहरीले जनाएको छ ।

पहिला गाडीमा ईट्टा हानियो अनि गोली

गौचन चढेको गाडीमा पहिले ईट्टा प्रहार गरिएको थियो । त्यसपछि मोटरसाइकलमा आएका समूहले गोली हानी भागेको थियो ।

घटनास्थलमा रहेका प्रतक्षदर्शी लेखनाथ सापकोटाका अनुसार गौचन बानेश्वरस्थित ओमशान्ती चोकबाट प्रयागमार्गतर्फ आउँदै थिए । सानो गल्लीबाट निस्केर प्रयागमार्ग हुँदै मिनभवन निस्कने बाटोमा आउँदै गरेका बेला बाटोमा कुरेर बसेका एकजनाले पहिले गाडीमा ईट्टाले हानेका थिए ।

गौचन सवार गाडीको अघिल्लो सिसा हानेर फुटाएपछि नजिकै रहेका अर्का व्यक्तिले उनीमाथी गोली हानेका थिए । गौचनको टाउको र छातीमा दुई राउण्ड गोली हानीसकेपछि उनीहरु भिमसेनागोलाको बाटो हुँदै भागेका थिए ।

गोली  र ईट्टा प्रहार गर्ने दुवै जनाले माक्स लगाएका थिए ।

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “ईट्टाले हानेको देख्दा हामी अचम्म पर्यौँ, इट्टासँगै ड्याङ, ड्याङ दुई राउण्ड गोली हानेर बिस्तारै सुटर साईड लागेको देख्दा हाम्रो सातो गयो । उनीहरु भागेपछि हामीले बिरामीलाई उहाँकै गाडीमा अस्पताल लग्यौं ।”

बाहुन समुहले गोली हानेको हुन सक्ने प्रहरी आशंका 
 

जेलमा रहेका गुण्डा नाईके रमेश बाहुन समुहले अध्यक्ष गौचनमाथी गोली प्रहार गरेको प्रहरीले आशंका गरेको छ । 

मृतक गौचन प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटेका पार्टनर भएको र उनलाई रमेश बाहुन समुहले गोली प्रहार गरेको हुन सक्ने एक प्रहरी अधिकृतले बाह्रखरीलाई जानकारी दिए । 

“घटनाको अनुसन्धान हुँदैछ, सबैकुरा अहिले भन्न मिल्दैन,” एक प्रहरी अधिकृतले भने, “बाहुन समुहले नै उनलाई गोली हानेको हाम्रो आशंका छ । लेनदेनमा कुरा नमिलेका कारण हत्या भएको हुनुपर्छ ।” 

‘सुटर’ भाग्न नदिन नाकामा सील 
 

प्रहरीले घटनास्थलसँगै उपत्यका बाहिरिने नाकामा कडाईका साथ चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली परिचालन गरिएको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए । “घटनामा संलग्न व्यक्ति पहिचान भईसकेको छ,” उनले भने, “नभागुन् भन्नका लागि हामीले चेकजाँच कडा बनाएका छौं ।”

मनोज समुहले लियो जिम्मेवारी 
 

निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको हत्या आफूहरुले गरेको भन्दै अज्ञात नम्बरबाट प्रहरीलाई टेलिफोन गरेको छ । गतवर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले गौचन हत्याको जिम्मा लिएको छ ।

सोही समुहका सदस्यले काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई टेलिफोन गरी आफ्नो समुहले गोली हानेको बताएका छन् । 

प्रहरीका अनुसार ‘अननोन’ नम्बरबाट फोन गरी ‘केही रकम कलमको बिवाद थियो । दिन लोभ गरेका कारण हामीले हानेको हो’ भन्दै फोन राखेका थिए । 

तिवारीको हत्या रुपन्देही देवदहका मनोज पुनको समूहले गरेको थियो । गौचनलाई पनि सोही समूहले गोली हानेको सूचना प्रहरीले पाएको छ । पुन विदेशमा बस्नै आएको प्रहरीले जनाएको छ ।

३ जना पक्राउ 
 

यसैबीच प्रहरीले काठमाडौंको मनमैँजुबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् ।

निर्माण व्यवसायी संघका अध्यक्ष गौचन हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।

उनीहरुको साथबाट १ थान पेस्तोल र गोली पनि बरामद गरिएको उनले बताए । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

तस्बिर, गौचनका आफन्तले हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा गरेको विरोध प्रदर्शन 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro