site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर ओमानका कप्तान जिसान मक्सुदले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङका लागि निम्तो दिए ।

Dabur Nepal
NIC Asia

नेपाल घरेलु मैदानमा भएका पछिल्ला नौ खेलमा अपराजित छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग–२ का आठ खेलमा जित निकालेको थियो ।

लिग–२ का सबै खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेलका रूपमा मान्यता प्राप्त थियो । आईसीसीले मलेसियाविरुद्धको उक्त खेललाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिएको थिएन । ओमानसँगको खेललाई भने आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एकदिवसीय मान्यता पाएपछि नेपालको यो ५०औँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro