site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालका सफाइकर्मीले गरे आन्दोलनको घोषणा 
फाइल तस्बिर ।

काठमाडौं । समयमै पारिश्रमिक नपाएको भन्दै वीर अस्पतालका सफाइ कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । गरुड सपोर्ट सर्भिसेज प्रालिमार्फत वीर अस्पतालमा ज्यालादारीमा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

पारिश्रमिकबारे प्रशासन र आपूर्तिकर्ता कम्पनीलाई पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले जनाएका छन् ।

गरुड सर्भिसेज र वीर अस्पतालले समयमै पारिश्रमिक भुक्तानी गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन फिर्ता नलिने संगठनले जनाएको छ ।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख १० देखि १३ गतेसम्म दैनिक एक घण्टा कालो ब्यानर र प्लेकार्डसहित कोणसभा गर्ने र नियमित काममा फर्कने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro