site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओमानसँगको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । एसीसी प्रिमियर कपअघि आयोजित अभ्यास खेलमा नेपालले ओमानलाई पाँच विकेटले पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई हराएको हो ।

आउँदो मंगलबारदेखि कीर्तिपुर र मूलपानी मैदानमा १० टोलीले एसीसी प्रिमियर कप  खेल्दै छन् । सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो ।

ओमानले दिएको २४७ रनको विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर अर्जुन साउदले सबैभन्दा धेरै ६७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५९ रनको योगदान गरे ।

Dabur Nepal
NIC Asia

कप्तान रोहितकुमार पौडेल ५८ रनमा ‘रिटायर्ट हर्ट’ भएका थिए । रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि आठ रनभन्दा जोड्न सकेनन् । अर्का ओपनर देव खनाल १० रनमा आउट भएका थिए ।

ओमानका कप्तान जिशान मकसुदले दुई विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले अविजित ११० रनको इनिङ्स खेले । ओपनर जतिन्दरसिंह ४२ रनमा पवेलियन फर्किए । अर्का ओपनर कश्याप प्रजापति १६ रनमा आउट भए । मोहम्मद नदिमले २४ रन जोडे । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि किशोर महतोले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले समान दुई विकेट लिए ।

एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल सम्मिलित समूह ‘ए’मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् ।

समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा खेल्ने मौका पाउनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro