site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अडियो रेकर्डिङ’ प्रमाण मान्य हुन्छ ? ढाकाकुमारको कारबाही प्रक्रिया कसरी अघि बढ्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग माग गरेको साढे दुई करोडरुपैयाँको अडियो सार्वजनिक भएपछि उनलाई कारबाही गर्न सो पार्टीले बनाएको छानबिन समितिले सिफारिस गरेको छ ।

उनले व्यवसायी प्रसाइँसँग स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको ‘कोर टिम’ले साढे दुई करोड माग गरेको भन्दै उक्त रकम दिन आग्रह गरेका थिए ।

सो अडियो सांसद श्रेष्ठको नै भएको भन्दै छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

रास्वपाले आन्तरिक अनुसन्धान थाले पनि उनीविरुद्ध अहिलेसम्म राज्यका निकायमा कतै पनि उजुरी परेको छैन ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैँ अनुसन्धान भने सुरु गरेको जनाएको छ । 

Global Ime bank

अडियो बाहिरिएपछि आयोगले आफैं उजुरी ग्रहण गरेर अनुसन्धान थालेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यसरी राष्ट्रिय परिचय बनाएका व्यक्तिको घुससम्बन्धी अडियो सार्वजनिक भएको यो पहिलो घटना भने होइन । 

यसअघि पनि यस्ता घटनाहरु सार्वजनिक भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै बहालवाला आयुक्तसमेत यस्तै अडियो प्रकरणमा मुछिएर कारबाहीको दायरामा आएका छन् ।

अख्तियारके तत्कालीन आयुक्त राजनारायण पाठकको घुस ‘डिल’ गर्दै गरेको अडियो सार्वजनिक भएपछि पाठकविरुद्धको भ्रष्टाचार मुद्दामा छानबिन सुरु भएको थियो । 

पाठकले नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई आयोगमा परेको उजुरीमा सहयोग गर्ने भन्दै रिसवत लिएको अडियोबाट खुलेको थियो । 

पाठकले रिसवत लिइसकेपछि न्यौपानेसँग सम्बन्धित आयोगमा परेको उजुरी किनारा नलागेपछि सो अडियो सार्वजनिक भएको थियो । 

अडियो सार्वजनिक भएपछि आयुक्त पाठक तथा अडियो र भिडियोमा बोल्ने अर्का व्यक्ति ज्ञानेन्द्रकुमार झालाई पक्राउ गरी उनीहरुको बयान लिइएको थियो । 

यसरी अडियो र भिडियो सार्वजनिक भएपछि, ज्ञानेन्द्रकुमार झाले आफू र पाठकबीच कुराकानी तथा न्यौपाने र पाठकबीच भएका अन्य अडियोहरु पनि आयोगलाई दिएका थिए । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेलसहित न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले पाठक र न्यौपानेलाई पुस २८ गते भ्रष्टाचारमा दोषी ठहर गरेको थियो । 

कसरी हुन्छ अडियो जाँच ?

हालै सार्वजनिक भएको अडियो सांसद श्रेष्ठले आफ्नो नभएको जानकारी दिएका थिए ।  अब सो अडियोको सक्कली प्रमाण प्राप्त भएपछि सोको जाँच हुन्छ । 

यसअघि पाठक र झाबीचको अडियो सार्वजनिक भएपछि त्यसको जाँच भएको थियो । यस प्रविधिलाई ‘अडियो स्पेक्ट्रम एनलाइसिस’ भनिन्छ । 
यस प्रविधि अन्तर्गत प्राप्त अडियोसँग व्यक्तिहरुसँगको लाइभ कुराकानीलाई तुलना गरिन्छ । 

यसअघि अख्तियारका पूर्वआयुक्त पाठक र कलेज सञ्चालक न्यौपानेबीच भएको कुराकानी र न्यौपानेले आयोगमा गरेको बयानको अडियोको तुलना गरिन्छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्राप्त ‘अडियो स्पेक्ट्रम एनालाइसिस’ परीक्षण प्रतिवेदनमा ती दुई अडियोबीच ७२.१  प्रतिशतको आवाजमा समानता देखिएको उल्लेख छ । 

नेपालको कानुनले अडियोलाई प्रमाणको रुपमा ग्रहण गर्छ ?

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा १३ (१) ले प्रत्येक व्यक्तिलाई निजको चिठीपत्र, पत्राचार वा विद्युतीय पत्र (इमेल) वा विद्युतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचारको गोपनीयता कायम राख्न पाउने अधिकार हुने व्यवस्था गरेको छ । 

उक्त दफाको उपदफा (२)ले त्यस्ता संवाद अनधिकृत रुपमा पढ्न, हेर्न, अरु कसैलाई उपलब्ध गराउन, प्रकाशन गर्न, प्रसारण गर्न वा सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ ।

पाठकविरुद्धको मुद्दामा पाठकका तर्फबाट उपस्थित भएका कानुन व्यवसायीहरुले यसरी कानुनको विपरीत लिएको प्रमाण अदालतले ग्रहण गर्न नहुने जिकिर लिएका थिए । 

तर पाठकविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पेस भएको भिडियो पाठककै घरमा खिचिएको र सो भिडियो बनाउँदा पाठकलाई कुनै धाक, धम्की मा यातना दिई जबरजस्ती नलिएको भन्दै प्रमाण पेस गरेको छ ।

“प्रस्तुत मुद्दामा अडियो र भिडियोमा बोलिएको स्वर मेरो होइन, स्वरलाई टेम्परिङ्ग गरिएको छ, स्वर परीक्षण गरिपाउँ भनी जिकिर नलिएको अवस्थामा उक्त भिडियो अडियोको स्वर निज प्रतिवादीकै हो भन्नुपर्ने देखियो,” फैसलामा भनिएको छ, “उक्त रेकर्डिङ्ग प्रतिवादीको निवासभित्र बैठक कोठामा भएको देखिँदा ज्ञानेन्द्रकुमार झा र ध्वजमान मुक्तानलाई प्रतिवादीले नै प्रवेश अनुमति दिई निजहरुसँग सामान्य र स्वाभाविक रुपमा कुराकानी गरिरहेको अवस्थामा रेकर्डिङ गरिएको देखिँदा प्रतिवादीले मेरो मञ्जुरी सहमति विना लिइएको भनी लिएको जिकिर पनि तथ्यपरक देखिन आएन ।”

अदालतले भिडियो तथा अडियो कसरी लिइयो भन्दा पनि त्यस्को सत्यतथ्यमा मुख्य कुरा हुने नजिर सो फैसलामा उल्लेख गरेको छ ।

त्यस्तै अदालतले अडियो र भिडियोमात्र नभई प्रमाणको रुपमा सरकार तर्फबाट प्रस्तुत भएका साक्षी जो यस घुस लेनदेनका प्रत्यक्षदर्शी थिए उनको बयानलाई मुख्य प्रमाणको रुपमा ग्रहण गरेको छ । 

पाठकविरुद्धको भ्रष्टाचार मुद्दामा अडियो र भिडियोको माध्यमबाट मुद्दा चले पनि छानबिनको क्रममा घुसवापत प्राप्त गरेको रकम बरामत भएको थिएन । 

सोही कारण विशेष अदालतले पाठक र न्यौपानेलाई भ्रष्टाचारको उद्योगसम्म गरेको पुष्टि गरी सजाय गरेको हो । 

७८ लाखको घुस रिसवत लेनदेन भएको भनिएको मुद्दामा दुवै प्रातिवादी लाई जनही ३९ लाख र ३ वर्ष कैदको फैसला भएको थियो । 

जसमा आयुक्त रहँदै भ्रष्टाचारको उद्योग गरेको भन्दै पाठकलाई थप ३ महिना कैद सजाय तोकिएको थियो । 

त्यस्तै श्रेष्ठले पनि हालसम्म घुस लेनदेनको डिल गरेको अडियोमात्रै सार्वजनिक भएको हो । घुसवापत रकम लिएको भन्ने पुष्टि नभए पनि भ्रष्टाचार गर्ने उद्योग गरेको आधारमा उनलाई सजाय गर्न मिल्ने छ ।

बुधबार पार्टी कार्यालयमा पुगेका श्रेष्ठले जनवरीमा भएको कुराकानी अहिले ल्याएर पार्टीको बदनाम गराउन खोजिएको भन्दै घुमाउरो तरिकाले अडियो आफ्नै भएकोबारेमा स्वीकार गरेका छन् ।

“जनवरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट हान्ने, प्रहार गरिएको हो । यो तीनवटै निर्वाचन क्षेत्रमा हराउने षडयन्त्र हो,” उनको भनाई थियो, “म क्लिन चिट लिएर फेरि आउनेछु ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC