site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले प्रवेश गरेका डीआईजी सिलवालमाथि कारवाहीको तयारी

काठमाडौं । राजीनामा स्वीकृत नहुँदै नेकपा एमालेमा प्रवेश गरेका डीआईजी नवराज सिलवाललाई कारवाहीको तयारी गरिएको छ ।

उनलाई नेकपा एमालेमा प्रवेश गराउँदै प्रदेशसभाको निर्वाचनका लागि ललितपुरबाट सिफारिस समेत गरिएको छ । एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले सिलवाललाई ललितपुरबाट प्रदेशसभाका लागि सिफारिस गरिएको जानकारी दिए ।

अदालतबाट मुद्दा हारेपछि प्रहरी सेवामा नरहने भन्दै राजीनामा गरेर बसेका डीआईजी सिलवाल केही दिन अघि मात्र एमालेमा प्रवेश गरेका हुन् । 

प्रहरी भन्छ–कारवाही परिने डरले पार्टी प्रवेश 

सरकारले कीर्ते काण्डमा डीआईजी सिलवालमाथी कारवाही थाल्ने तयारी गरेका कारण कारवाही छल्न सिलवालले पार्टी प्रवेश गरेको प्रहरी अधिकारी बताउँछन् । 

नेपाल प्रहरीका एक अधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने– डीआईजी सिलवालले धेरै हतार गरी एमालेमा जानुको धेरै कारण उनले गरेका अपराध छल्न हो ।”

अति गोप्य रहने कार्यसम्पादन मुल्यांकन कीर्ते गरेर सर्वोच्च अदालतमा बुझाएको उनीमाथि आरोप छ । तर उनले आफूले उक्त कार्य नगरेको दाबी गर्दै मिडियामा सार्वजनिक भएका समाचारका आधारमा आफूले दाबी पेस गरेको बताउँदै आएका छन् ।

“अदालतबाट मुद्दा हारेपछि उनले हतार गर्दै नेताकै शैलीमा विज्ञप्ति जारी गरे,” एक उच्च प्रहरी अधिकारी भन्छन्, “त्यो उनको पहिलो भुल थियो, सुरक्षा संगठनमा प्रवेश गर्दा होस् या सेवाबाट बाहिरिँदा होस्, नीति नियमहरु आ आफ्नै छन् । नियम पूरा नगरी हचुवामा मैले जागिर छाडेँ, अब म राजनीति गर्छु भनेर एकाएक प्रवेश गर्न मिल्दैन । संगठनको पनि आफ्नै प्रकृया हुन्छ । उनले पछिल्लो दिनमा निरन्तर यस्ता गम्भीर गल्ती गर्दै आएका छन् । त्यसको छानविन अवश्य हुनेछ ।”

“उनी अहिलेसम्म बहालवाला डीआईजी हुन्,” उनले भने, “उनको राजीनामा स्वीकृत नभएपछि उनी पहिले काममा फर्किनुपर्ने थियो । तर त्यो गरेनन् बरु पार्टी प्रवेश गरेर कारवाहीबाट जोगिने उपाय खोजे । यो अर्को गल्ती हो ।”

राजीनामा स्वीकृत नगरी एमालेमा प्रवेश गरेका उनीविरुद्ध आचरणविरुद्धको पहिलो कारवाही गरिने तयारी भएको छ । सिलवालले प्रहरी सेवाबाट औपचारीक रुपमा सेवा अन्त्य नगरी प्रहरी नियमावलीविरुद्ध कदम चालेको भन्दै सिलवालमाथी कारवाही प्रक्रिया अघि बढाउन प्रहरीका उच्च अधिकारीले पनि प्रहरी प्रधान कार्यालयलाई सुझाव दिएका छन् । 

“बहालवाला डीआईजीले नै यस्तो गरेपछि भोलिका दिनमा अरु पनि यसैगरी एउटा एउटा पार्टीमा बहाल रहेकै अवस्थामा प्रवेश गरे भने के हुन्छ ?,” उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro