site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ईयुकी प्रमुख उर्सुला भोन डर लेयन नेटोको महासचिवमा उठ्ने

काठमाडौं । युरोपेली आयोग (ईयु)की अध्यक्ष उर्सुला भोन डर लेयन उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को महासचिव अथवा प्रमुख पदका लागि दाबेदारी गरेकी छन् ।

नेटोका वर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गको कार्यकाल आउँदो सेप्टेम्बर ३० मा सकिँदै छ । तीन पटक गरी करिब ९ वर्षसम्म पदमा रहेका स्टोल्टेनबर्गपछि यो पद सम्हाल्न युरोपेली युनियन(ईयु)की प्रमुख उर्सुला भोन डर लेयन पनि उत्सुक भएकी हुन् ।

नेटोको प्रमुखका लागि कुनै औपचारिक निर्वाचन हुँदैन । ३० सदस्यीय गठबन्धनले सहमतिबाट नयाँ लिडर चयन गर्नेछन् । तर, बेलायती सञ्चार माध्यमका अनुसार ऋषि सुनकको सरकारले उनको नेतृत्वविरुद्ध भेटो गर्नसक्ने बताइएको छ ।

जर्मन सशस्त्र बलको इन्चार्जको रूपमा उनको कमजोर भूमिकालाई लिएर बेलायतले विरोधी कदम चाल्नसक्ने भएको हो ।

Global Ime bank

ईयुकै नेतृत्वमा रहँदाको भूमिका कोभिड–१९को महामारीका बेला अर्बाैं डलरको खोपसम्झौता प्रकरण र अन्य विभिन्न काण्डमा मुछिएकी उर्सुलाको नेटोको लिडरको रुपमा लिने भूमिकामाथि भने प्रश्न उठ्ने देखिन्छ  ।

यसैबीच, इस्टोनियाकी प्रधानमन्त्री काजा कालास र क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्ड पनि नेटोको प्रमुख पदको दौडमा रहने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu