site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी भ्रमणमा एमाले अध्यक्ष ओली
Tiktok banner adTiktok banner ad

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । 

पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईलगायतले स्वागत गरेका थिए ।

Oli-Lumbini (2)1679754351.jpg

ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गरे । उनले मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरेका थिए ।  

Oli-Lumbini (3)1679754351.jpg

पूर्वप्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री ओलीले आफैँले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गरेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पनि निरीक्षणमा सहभागी थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro