site stats
विदेश
अदालतको फैसलापछि राहुल गान्धीको सांसद पद गयो

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद अदालतको फैसलासँगै खारेज भएको छ । बीबीसी हिन्दीले गान्धीको संसद् सदस्या रद्द भएको लेखेको छ ।

बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।

Himalayan Bank
Agni Group

सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जसकारण उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टीबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायतको मानहानी भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । उक्त मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकिएको छ ।

Global bank

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय