site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियाद्वारा ‘सुनामी’ ल्याउन सक्ने आणविक ड्रोन परीक्षण
Ghorahi CementGhorahi Cement

काठमाडौं । उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ ल्याउन सक्ने आणविक आक्रमण गर्नसक्ने क्षमताको पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको छ । यो ड्रोनले शत्रुको नौसैनिक जहाज र बन्दरगाह ध्वस्त गर्न सक्ने बताइएको छ ।

उत्तर कोरियाका लिडर किम जोङ उनको निर्देशनमा यस हप्ता भएको सैन्य अभ्यासका क्रममा यो नयाँ हतियार प्रणालीको परीक्षण गरिएको थियो ।

Agni Group

यो ड्रोनले ठूलो विष्फोट र व्यापक लहर ल्याउन सक्ने बताउँदै उत्तर कोरियाको राज्य सञ्चालित मिडिया केसीएनएले भनेको छ, “पानीमुनि आक्रमण गर्ने यो ड्रोन जुनसुकै तटमा र बन्दरगाहमा तैनाथ गर्न सकिन्छ वा जहाजकै सतहमा बाँधेर सञ्चाल गर्न सकिन्छ ।”

मंगलबार परीक्षणका क्रममा ड्रोनलाई दक्षिण ह्यामग्योङ प्रान्तको जलक्षेत्रमा राखिएको थियो । बिहीबार पूर्वी तटमा विष्फोट हुनुअघि ड्रोनले ५९ घण्टा १२ मिनेटसम्म पानीभित्र ८० देखि १५० मिटरको गहिराइमा जलयात्रा गरेको एजेन्सीले जनाएको छ ।

Global Ime bank

केसीएनएले ड्रोनको आणविक क्षमताबारे भने, थप जानकारी सार्वजनिक गरेको छैन । यो अन्डरवाटर ड्रोन प्रणालीले पानीमा लुकेर शत्रुको जलीय आक्रमणकारी जहाजहरू र प्रमुख बन्दरगाहमा आक्रमण गर्ने लक्ष्य राखिएको बताइएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले मार्च १३ देखि मार्च २३ सम्म पाँच वर्षयताकै ठूलो सैन्य अभ्यास गरेको छ । दुई सहयोगीहरूलाई सुरक्षा चुनौती भन्दै उत्तर कोरियाले यसबीच मिसाइलदेखि यो ड्रोनको परीक्षण गरेको हो ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले ड्रोनको अन्तिम लक्ष्य होङवोन खाडीको पानीमा स्थापना गरिएको नक्कली दुश्मनको बन्दरगाह भएको जनाएको छ ।

उत्तर कोरियाको यो ड्रोन आणविक र रेडियोएक्टिभ सुनामी ल्याउन सक्ने रुसी हतियार पोसेडोन टार्पेडो जस्तै हुनसक्ने अनुमान गरिएको छ । रुसी पोसेडोन टार्पेडोले अमेरिकी तटीय सहरहरू नष्ट गर्ने क्षमता राख्ने बताइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC