site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

भजनी । विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ ।

टीकापुर विमानस्थलको विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन  । त्यतिमात्र होइन, राजनीतिक दलका नेतालाई नागरिकका अगाडि विमानस्थल मुद्दा बनेको छ । विशेषगरी  निर्वाचनका समयमा विमानस्थललाई मुद्दा बनाउने गरिएको स्थानीय लक्ष्मण विकले बताए ।  

गत आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड बजेट विनियोजन गरेको भने पनि अहिले त्यो यथार्थ नभएको तथ्य खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल सञ्चालन हुन नसक्ने बताएको छ । प्राधिकरणका इञ्जिनियर सत्यराम दुवालले टीकापुर विमानस्थलका नाममा अहिलेसम्म कुनै बजेट विनियोजन नभएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एकाएक डोजर विमानस्थलमा देखिएपछि त्यसको विरोधसमेत भएको थियो । “टीकापुर विमानस्थलका लागि भनेर कुनै बजेट थिएन, देशभरका विमानस्थलको मर्मत सम्भारका लागि बजेट थियो, त्यसमध्ये केही बजेट विमानस्थलमा खर्च भएको थियो”, इञ्जिनियर दुवालले भने, “कसैले विमानस्थलका सञ्चालनका लागि शीर्षकमै बजेट विनियोजन गरेको भन्ने भ्रम सिर्जना गरेको भए त्यो गलत थियो ।” 

उनले विमानस्थलको ग्राभेलको काम र भवन रंगरोगनका लागि एक लाख रुपैयाँ खर्च भएको बताए। उनका अनुसार चालुआवमा पनि विमानस्थलका लागि कुनै बजेट छैन । “एकमुष्ट विमानस्थलको मर्मतसम्भारका लागि बजेट छ, त्यसमा टीकापुर विमानस्थल पनि परेको होला, नभए विमानस्थलका लागि छुट्टै बजेट छैन”, उनले भने, “बाहिर आउने कुराको विषयमा हामीलाई कुनै कुरा थाहा भएन ।”

Global Ime bank

अतिक्रमणमा परेको विमानस्थल खाली भएपछि त्यसको मर्मतसम्भार गरेर नागरिक उड्डयन प्राधिकरणका पुर्व वरिष्ठ अधिकृत योगेन्द्रराज शर्माले सानो जहाज परीक्षण गराएका थिए । त्यो नै टीकापुर विमानस्थलका लागि अन्तिम जहाज अवतरण भयो । अब यो क्षेत्रमा विमान अवतरण हुने सम्भावना निकै कम भएको वरिष्ठ अधिकृत शर्माले बताए । 

“उसो त टीकापुरमै विमानस्थल सञ्चालन हुनेमा निकै कम सम्भावना छ, त्यसमा पनि अहिलेको स्थानमा विमानस्थल सञ्चालन हुने सम्भावना नै छैन”, शर्माले भने, “जुन खड्ग स्मृति रंगशालाको जग्गालाई विमानस्थल बनाउने कुरा छ, त्यहाँ सम्भावना छ ।” उनले विमानस्थल सञ्चालनका लागि टीकापुरको स्थानीय सरकार, राजनीतिक दल, नागरिक अगुवाले साझा धारणाका साथ प्रस्तुत हुनुपर्ने बताए ।

“एउटा आउँछ, विमानस्थल यस्तो चाहियो भन्छ, अर्को आउँछ उसले पुरानो ठाउँमा विमानस्थल सार्नुपर्ने भन्छ, आपसमै कुरा मिल्दैन भने कसरी विमानस्थल बन्छ”, उनले भने, “सबैको समान धारणा बनाएर प्रस्तावित ठाउँमा विमानस्थल सञ्चालनका लागि दबाब दिन सकेपछि मात्रै सम्भावना देखिन्छ ।”

वि.सं २०७४ को स्थानीय तहको निर्वाचनपछि विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले पनि धेरैपटक संघ सरकारसँग आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले बताए । “विमानस्थल सञ्चालन हुनुपर्छ भनेर पटकपटक संघीय सरकारसँग माग गर्दै आएका छौँ, सरकारले पनि सकारात्मक प्रतिक्रिया दिएको हुन्छ”, नगर प्रमुख थारुले भने, “हामीलाई भन्दा एक कार्यान्वयन गर्दा अर्को गरेको हो भने त्यो गम्भीर समीक्षाको विषय बन्न सक्छ, नभए विमानस्थल सञ्चालनमा आउँछ र आउनुपर्छ ।” 

उनले पुरानो विमानस्थल सञ्चालन हुने स्थिति नभए नयाँ ठाउँमा काम अगाडि बढाउनुपर्ने बताए । विसं २०७६ मा टीकापुर उद्योग वाणिज्य संघले आयोजना गरेको टीकापुर महोत्सवमा पनि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईसँग टीकापुर विमानस्थल सञ्चालनको एक सुत्रीय माग राखेको थियो । त्यसपछि विमानस्थलको स्थलगत निरीक्षण तथा अध्ययन समितिले तीन पटक विमानस्थलको अध्ययन गरेको थियो । त्यो अध्ययनको प्रतिवेदन भने अझै सार्वजनिक हुन सकेको छैन । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC