site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजालाई चार नेताले संयुक्त भेटेपछि लिङ्देनले भने– उहाँमा चिन्ता छ, मूभ गर्नुपरे हामी गर्छौँ 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जवरा दमकस्थित पूर्वराजाको निवास पुगेर भेटेका हुन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट सामान्य भएको बताए । 

उनले मन्त्री भएपछि पूर्वराजासँग भेट गर्न नपाएको भन्दै त्यही कारण आफूसहितका पदाधिकारी भेटका लागि पुगेको उनको भनाई छ । 

“हामीले अविभावकीय संस्था राजसंस्थालाई मानेका छौं । त्यसकारण हामी सरकारसँग भेट गरिरहन्छौँ । अहिले भएको यो सामान्य भेट हो,” लिङ्देनले भने, “भेटमा उहाँले स्वाभाविकरुपमा देशको चिन्ता जाहेर गर्नुभएको छ ।” 

चिन्ता तत्काल केही गरिहाल्नुपर्छ भन्ने हो वा सामान्य भन्ने प्रश्नमा उनले केही गर्नुपरे पार्टीले निर्णय गर्ने भन्दै उहाँको सामान्य चिन्ता भएको बताए । 

“कुनै मुभ लिनुपर्‍यो भने हामीले पार्टीको बैठकबाट निर्णय लिन्छौँ, अहिले उहाँले स्वाभाविक चासो मात्र राख्नुभएको हो,” लिङ्देनले भने, “देशको अविभावकीय संस्थाको तर्फबाट उहाँले राखेको चासो स्वाभाविक हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro