site stats
प्रवास
टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन
Himalayan Bank
Agni Group
Global bank

टेक्सस(अमेरिका) ।  टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

उनको मृत्युको खबरलगत्तै स्थानीय नेपाली समुदाय उनको घरमा पुगेको थियो । मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।

लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए । टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय